साठि अर्बकाे ठेक्का देउवा पत्नी र डनहरुकाे कब्जामा  

 
 
 
 

काठमाडौं, पुस ६ । सडक विभाग अन्तर्गत मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख सूर्र्य भाटले करीब १० अर्ब रुपैयाँको ठेक्का भूषण राणाको सेटिङ अनुसार दिइसकेका छन् । हुलाकी राजमार्गको १२ अर्बकै ठेक्का प्रकरणसंग जोडिएका निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो ।

मध्यपहाडी लोकमार्ग पश्चिम खण्डमात्र होइन, एक बर्षको बीचमा सडक विभागबाट भएका करीब ६० अर्ब रुपैयाँका ठेक्का आरजुको निर्देशन र भूषण राणाकै सेटिङमा ६ वटा ‘डन’ ठेकेदारले मात्र पाएका छन् । ६ वटा ‘डन’ बाहेक अरु ठेकेदारहरूले ठेक्कामा भागै लिन नसक्ने गरी सार्वजनिक खरिद नियमावलीका दफा परिवर्तन गरेपछि ६० अर्बको ठेक्का विगत डेढ बर्षको बीचमा भइसकेको छ ।

३० अर्बको धरान–चतरा–हेटौंडा, १० अर्बको गल्छी–स्याफ्रुबेसी, ७ अर्बको बुटवल–बेलहिया, करीब ५ अर्बको बिराटनगर–धरान ठेक्का सम्पत्ति तथा ठेक्का ब्यवस्थापन आयोजना (हाल उत्तर दक्षिण तथा ब्यापारिक मार्ग विस्तार आयोजना) का प्रमुख गोपालप्रसाद सिग्देलबाट भएका छन् । यी सबै ठेक्का ६ वटा ‘डन’ निर्माण कम्पनीका लागि सेटिङ गर्ने ठूला ठेकेदारलाई भागबण्डा गरि दिइएको छ ।

वनमन्त्री विक्रम पाण्डेको कालिका कन्ष्ट्रक्सन, कांग्रेस नेता जीपछिरिङ लामाको लामा कन्ष्ट्रक्सन, कांग्रेसकै समर्थक ठेकेदार रमेश शर्माको शर्मा एण्ड कम्पनी, ऋषि सुवेदीको तुँदी कन्ष्ट्रक्सन, कांग्रेसबाट यसअघि मकवानपुरबाट सांसदमा चुनाव लडेका जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवालगायत छ्न् ।

यिनै ६ वटा ‘डन’ निर्माण कम्पनीले अग्रिम १५ प्रतिशत कमिसन दिनेगरी ठेक्कामा सेटिङमा ठेक्का हुने गरेको छ । प्रतिस्पर्धा नै नगरी मिलेमतोमा ठेक्का हुने भएकाले देशलाई ठूलो नोक्सानी हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट