चैत ८ देखि २० गतेसम्म एसईई परीक्षा, ( तालिका सहीत)

 

 २०७४ पौष ५ बुधबार ,

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षा चैत २० गते सकिनेछ । 
बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको बताउँदै उनले अन्तिम शनिबार बिदाको दिन पनि परीक्षा लिइने जानकारी दिए । यस वर्ष इक्जाम्टेडतर्फका विद्यार्थीलाई पुरानै कोर्सअनुसार परीक्षा लिइनेछ भने रेगुलरलाई नयाँ कोर्सअनुसार परीक्षा लिइनेछ । 

नियन्त्रक रेग्मीका अनुसार चैत ८ गते बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । चैत ९ गते शुक्रबार अनिवार्य नेपालीको परीक्षा हुन्छ । १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन बिदा हुनेछ । 

चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र १४ गते प्राविधिकतर्फको परीक्षा हुने भएको छ । यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेण्ट सिस्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने पनिकाले जनाएको छ ।

चैत १८, १९ र २० गते प्राविधिक विषयतर्फको परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज