काठमाडौँ, ५ पुस । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले सत्ता हस्तान्तरण अगाडि राष्ट्रपतिकहाँ पठाएको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिले जारी गरी सभा गठनको बाटो खोल्नुपर्ने अडानमा छ। कांग्रेसले सत्ता लम्ब्याउन आफूअनुकूल कानुन बनाउन खोचे थापेको आरोप एमालेले लगाएपछि सत्ता हस्तान्तरण प्रक्रिया जटिल बनेको छ।
कांग्रेस एमालेबीच यही आरोप प्रत्यारोपका कारण प्रतिनिधि तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको अवस्थामा पनि नयाँ सरकार गठनको बाटो खुलेको छैन। सहमतिको खोजीमा लाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्पर देखिए पनि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भने महिना दिनयता संवादसमेत भएको छैन।
प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच ५ मंसिरयता भेटघाट भएको छैन। पुत्रशोकमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समवेदना दिन पुग्दा ५ मंसिरमा यी दुई नेताबीच संयोगले छोटो भेटघाट भएको थियो। त्यसयता दुवै नेता भेटघाटका लागि तर्केर हिँडेका छन्। दुई नेतालाई सहमतिको बाटोमा ल्याउन भूमिका खेलिरहेका माओवादी अध्यक्ष दाहालले त्यसको पुष्टि सोमबार माओवादी केन्द्रीय समिति बैठकमा गरे।
‘मैले ओलीजीलाई चुनाव हारे पनि कांग्रेसलाई पनि भित्तामै पुर्याउनुहुन्न भनेको छु, देउवाजीसँग पनि छिटो सहमतिको एउटा खोजी गरौं, बरु तीन पक्षको बैठक तपाईंले नै आह्वान गर्नुहोस् पनि भनेको छु तर प्रधानमन्त्रीले ओलीजीको नामै सुन्न चाहानुहुन्नु, दाहालले पार्टीका केन्द्रीय नेतृत्वलाई अवस्था ब्रिफिङ गर्दै भनेका थिए।
दाहाल भने ओली देउवा दुवैसँगको छलफलमा छन्। वाम गठबन्धनका कारण पनि ओलीसँग उनको हिमचिम बढी नै छ। प्रधानमन्त्री देउवासँगको भेटघाटलाई पनि उनले निरन्तरता दिइरहेका छन्। पछिल्लो पटक पनि उनले १ पुसमा मात्रै प्रधानमन्त्री देउवालाई भेटी सहमतिका लागि प्रयास गर्न तीन दलको बैठक बोलाउन सुझाएका थिए।
तर, प्रधानमन्त्री र एमाले अध्यक्ष दुवै गरम देखिएका कारण भेटवार्ता सहज भइरहेको छैन। ‘उम्मेदवार मनोनयन दर्ता हुनुअघि प्रधानमन्त्री देउवा र ओलीजीबीच बालुवाटारमा छलफल भएयता प्रत्यक्ष राजनीतिक संवाद भएको छैन प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘राष्ट्रपतिकहाँ पुगेको अध्यादेश जारी नभएसम्म गाँठो फुक्ने देखिँदैन।
२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने
मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी