December 14, 2017

राप्रपा, नयाँशक्ति, नेमकिपा र राजमोकाे थ्रेसहोल्ड कटेन, विवेकशील साझा नकअउट!

124022569125346332_1959525314334939_554664978_o

 

२८ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ ।एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ ।समानुपातिकतर्फ ८० लाख बढी भोट गणना भइसकेको छ ।

अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र राजपाले मात्रै थ्रेस होल्ड कटाएका छन् ।विवेकशील साझाले १ लाख ८२ हजार भोट पाएको छ भने राप्रपाले १ लाख ८१ हजार पाएको छ । नयाँ शक्तिले ७१ हजार, राप्रपा प्रजातान्त्रिकले ६६ हजार, नेमकिपाले ५१ हजार भोट पाएका छन् ।निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म समानुपातिकतर्फको मतगणना सकिनेछ । अहिलेसम्मको ट्रेण्ड र गणना गर्न बाँकी क्षेत्र हेर्दा विवेकशील र राप्रपाले पनि थ्रेस होल्ड कटाउन आवश्यक मत पु¥याउने देखिँदैन ।

यदि त्यसो भएमा प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा ५ वटा राजजीतिक दलहरु मात्रै हुनेछन् भने एक स्वतन्त्र सांसद रहने छन् ।

अधिकाशंमा प्रदेशमा राप्रपा, ३ मा विवेकशील साझा

सात वटा प्रदेशका कुल ३३० सिट मध्ये एउटा पनि जित हात पार्न नसकेको राप्रपा र विवेकशील साझा पार्टीले केही प्रदेशमा समानुपातिक सिट पाउने भएका छन् ।प्रदेशसभामा १.५ प्रतिशतको थ्रेस होल्ड राखिएको छ । प्रदेश १ को सुनसरी बाहेकको गणना सकिएको छ । त्यहाँ एमाले, कांग्रेस, माओवादीसँगै संघीय फोरम र राप्रपाले थ्रेस होल्ड कटाउने देखिन्छ ।

प्रदेश २ मा भने धेरै गणना बाँकी छ ।प्रदेश ३ मा काठमाडौं र चितवनको गणना जारी छ भने अरु जिल्लाको सकिएको छ । यो प्रदेशमा एमाले, कांग्रेस, माओवादीसँगै विवेकशील साझा र राप्रपाले थ्रेस होल्ड कटाउनेछन् । विवेकशीलले १ लाख ४हजार मत पाइसकेको छ ।

प्रदेश ४ मा स्याङ्जा बाहेक अन्य जिल्लाको गणना भइसकेको छ । यो प्रदेशमा एमाले, कांग्रेस र माओवादीसँगै नयाँ शक्तिले थ्रेस होल्ड कटाउने सम्भावना छ । प्रदेश ५ मा एमाले, कांग्रेस, माओवादीसँगै फोरम र राजपा तथा ६ मा तीन दलसँगै राप्रपाको सम्भावना छ ।प्रदेश ७ मा पनि एमाले, कांग्रेस र माओवादीसँगै राजपा र राप्रपाले थ्रेस होल्ड कटाउने सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि