December 9, 2017

भारी मतान्तरले  माधवकुमार नेपाल विजयी

 

  २०७४ मङ्सिर २३ शनिबार १७:१५:००

download (1)काठमाडौं । एमाले नेता माधव कुमार नेपाल काठमाडौं क्षेत्र नं २ बाट भारी मतान्तरले विजयी भएका छन् ।

नेता नेपालले २७ हजार ३६६ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपक कुँइकेल १४ हजार ३६६ मत ल्याएका छन् ।

त्यसैगरी विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४३६ मत ल्याएका छन् । यो क्षेत्रमा कुल ५२ हजार १३५ मत खसेको थियो । 

यसैबीच कांग्रेसका कुइँकेल र विवेकशील साझा पार्टीका आचार्यले विज्ञप्ती नै जारी गरेर नेता नेपाललाई बधाई दिएका छन् भने क्षेत्र नं २ का मतदातालाई धन्यवाद दिएका छन् ।

दीपक कुँइकेलको विज्ञप्ती
समृद्ध नेपाल निर्माणको महाअभियानको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागि हुनुहुने र सदभाव ब्यक्त गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै शान्तिप्रक्रिया सार्थक निश्कर्षमा पुर्याउने र लोकतन्त्रलाई बलियो बनाउने क्रममा हामी छौं । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो ।

निर्वाचनको परिणामलाई सहजरुपमा लिनुपर्छ । काठमाडौ क्षेत्र नं –२ का जनताको माया–ममता र सदभाव रहँदारहँदै पनि निर्वाचनबाट आएको परिणामलाई सहजरूपमा लिएको छु । जितहार प्राविधिक विषय हुन । लोकतन्त्र जोगाउन जस्तोसुकै कठिन मोडमा पनि म कटिबद्ध छु । चुनावी अभियानका क्रममा आफूले उठाउँदै आएका स्थानीय र राष्ट्रिय मुद्दाहरू पुरा गराउँन म अविचलित रुपमा यहाँहरुसँगै रहनेछु । 

काठमाडौ लगायत देश बासीको शिर कुनैपनि अवस्थामा झुक्न दिने छैन । काठमाडौ को बिकास र उन्नतीमा बिगतमा जस्तै क्रियाशिल रहँदै यहाँहरु सँगै हातेमालो गरेर हिड्नेछु । नेपाली कांग्रेसका निम्ति तपाईहरूले दिनुभएको प्रत्येक मतको उच्च मूल्यांकन गर्दै अगाडि बढ्नेछु । मुलुकभरका आम जनता को सुख दुखमासँगै रहने प्रतिबद्धता पनि ब्यक्त गर्दछु ।

निर्वाचनको परिणामबाट कत्तिपनि बिचलित नहून देशभरका लोकतान्त्रिक पक्षधरहरु र शुभचिन्तकलाई आग्रह गर्दै निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सूरक्षा निकाय,कर्मचारी, संचारकर्मी, उध्योग÷ब्यवसायी लगायतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो क्षेत्र लगायत समग्र स्थानमा निर्वाचित सांसदहरुमा हार्दिक बधाई तथा शुभकामना।
मुलुकको समृद्धि र लोकतन्त्र संस्थागतका लागि काठमाडौ को बिकास मा अविचलित रुपमा यहाँहरुसँगै रहनेछु । धन्यवाद, जय नेपाल 

सूर्यराज आचार्यको विज्ञप्ति
काठमाडौं क्षेत्र नं। २ को मतगणना केही समय अगाडि सकिएको छ । यस क्षेत्रबाट प्रतिनीधिसभा सदस्यमा निर्वाचित एमाले नेता माधव कुमार नेपाललाई हार्दिक बधाईको साथसाथै सुंस्कृत राजनीतिक अभ्यास स्थापना, राष्ट्रिय विकास र समृृद्धिको जनअपेक्षामा योगदान गर्न शुभ(कामना दिन चाहन्छु ।

करिब छ हप्ताको चुनावी अभियानमा यस क्षेत्रका स्थानीय बुद्धिजीवी, नागरिक अगुवा, सामाजिक संघसंस्थामा जोडिनुभएका व्यक्तित्वहरु, स्वंयसेवी साथीहरु लगायत प्रतिष्पर्धी राजनीतिक दलमा आवद्ध धेरै कार्यकर्ता समेतको सहनुभुति र सहभागिताले हामी सम्मानजनक मत (७,४३६) सहित तेस्रो स्थान हासिल गर्न सफल भएका छौं । प्रतिष्पर्धी राजनीतिक पार्टीको तुलनामा तल्लो तहसम्म चलायमान हुने संगठन नै नभएको हाम्रो दलले प्राप्त गरेको हरेक मत महत्वपूर्ण, मुल्यवान् र दुरगामी प्रकृतिको छ ।

जनताको अपार स्नेह, विश्वास र सद्भावका कारण चुनावी अभियानमा संलग्न हामी अत्यन्त उत्साहित छौं । हाम्रो क्षेत्र नं। २ को चुनाव परिचालन समूहका सबै साथीहरु, विवेकशील साझा पार्टीका शुभेच्छुक, सदस्य र नेतृत्वकर्ता साथीहरु , चन्दादाता सहयोगीहरु र अभियानमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबै व्यक्तित्वहरुप्रति म आभारी छु । सामाजिक राजनीतिक जागरणको अभियान जारी रहनेछ । हामी यस क्षेत्रका महानुभावहरुसंग भेटघाट, अन्तरक्रिया र रचनात्मक क्रियाकलापहरु मार्फत निरन्तर सामाजिक सम्पर्कमा रहनेछौं ।
चुनावपछि गठन हुने सरकारले सुंस्कृत राजनीतिक अभ्यास सहित विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्त गर्न ऐतिहासिक भूमिका निर्वाह गर्न सकोस् । 

नेपालको जय होस् 
धन्यवाद, 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि