
काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेससँग पराजित भएपछि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशमान सिंहलाई टेलिफोन गरेर बधाई दिएका छन् ।
उनी पराजित भएपछि जारी गरेको प्रेश विज्ञप्तिमार्फत पनि उनले बधाई दिएका छन् ।
“काठमाडौं क्षेत्र नं १ बाट मेरो भन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रोपटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु,” मिश्रले भनेका छन्,“विवेकशील साझा पार्टीको निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामै विना संगठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रुपमा हेरिएको तथ्यलार्य मैले अत्यन्तै उत्साहजनकरुपमा लिएको छु ।”
उनले सोचेको भन्दा बढी मत प्राप्त गरेको पनि बताएका छन् ।
“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व नाराका साथ चुनावमा होमिएको विवकेशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने थियो । समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं,” उनले भनेका छन्, “समष्टिगत रुपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवतः कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन । अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरुलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ । यो देश बनाएरै छाड्ने अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहेनछ भन्नेमा हामीमा विश्वस्छौं । गरेरै छोड्ने हो, यो देशको परिवर्तन हेरेरै मर्ने हो ।”
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट