मतदातालाई गठबन्धनलाई आह्वान गर्दै ओली र प्रचण्ड; संयुक्त अपिलको तयारी

Prachanda-KP-Oli-talking_Tc21ddR0ruकाठमाडौं, १८ मंसिर । वाम गठबन्धनका तर्फबाट मतदातालाई गठबन्धनलाई आह्वान गर्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त अपिल निकाल्ने तयारी गरेका छन् । दुवै अध्यक्षसँग सल्लाह गरेर अपिलमार्फत मतदातालाई आह्वान गर्ने अन्तिम तयारी भइरहेको प्रवक्ता रिमालले बताए ।
घरदैलो सकेर देशभर चुनावी सभामा एमाले

दोस्रो चरणको चुनावी प्रचारको अन्तिम चरणमा एमाले घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रित भएको छ । २१ मंसिरमा हुने १ सय २८ निर्वाचन क्षेत्रमध्ये धेरै क्षेत्रमा क्षेत्रीयस्तरको बृहत् सभा र कतिपय क्षेत्रमा कोणसभा गर्ने एमालेको तयारी छ ।

प्रवक्ता विष्णु रिमालका अनुसार चुनावी प्रचारको अन्तिम दिन उत्कर्षका रूपमा थुप्रै स्थानमा चुनावी सभा हुनेछन् । ‘कतिपय स्थानमा चुनावी सभा हुन्छन्, कतिपय स्थानमा अन्तिम घरदैलोलगायत चुनावी प्रचारका कार्यक्रम सम्पन्न हुनेछ,’ उनले भने ।

नेताहरू चुनावी सभामै केन्द्रित

चुनावी प्रचार उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सभा केन्द्रित भएका छन् । आइतबार प्रचण्डको चुनावी क्षेत्र चितवन ३ को माडीमा आयोजित चुनावी सभामा सहभागी भएर काठमाडौं फर्किएका ओलीले सोमबार काठमाडौं ४ को कपनमा आयोजित सभालाई सम्बोधन गर्दै छन् । ओलीले आइतबार नै मोरङ ३ को विराटचोकमा सम्बोधन गरेका थिए ।

त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरमा आयोजित काठमाडौं २ को क्षेत्रीय सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै, महासचिव ईश्वर पोखरेलले आफ्नै चुनावी क्षेत्र काठमाडौं ५ को बसुन्धरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमालेका सबै उम्मेदवार चुनावी प्रचारको अन्तिम दिन आफ्नै निर्वाचन क्षेत्रमा अन्तिम चुनावी प्रचारमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत