December 2, 2017

काभ्रेमा १८ मतदानस्थल अति संवेदनशील

काभ्रेपलाञ्चोक जिल्लाका १८ मतदानस्थल अति संवेदनशील रहेको छ ।मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थल र ३५० मतदान केन्द्र रहेका छन् । तीमध्ये १६ वटा संवेदनशील र १८ वटा अति संवेदनशील मतदानस्थल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

“अति संवेदनशील र संवेदनशील मतदानस्थलमा सक्षम प्रहरी अधिकृतसहित त्यही किसिमका सुरक्षाकर्मीलाई परिचालन तथा थप गरेका छौँ ।” थापाले भन्नुभयो,

“जिल्लाको सबै मतदानस्थलका लागि नेपाल प्रहरी र म्यादी प्रहरी गरी दुई हजार ७०४, सोहि हाराहरीमा सशस्त्र प्रहरी र करिब चार सयको संख्यामा नेपाली सेनालाई परिचालन गरिएको छ,” उहाँले भन्नुभयो – “निर्वाचन सुरक्षालाई ध्यानमा राखेर आवश्यक विभिन्न स्थानमा सुरक्षा टोलीलाई तैनाथ गरिसकेको अवस्था छ, ।” त्योसँगै मतपत्रसहित मतपेटिका र मतदान केन्द्रमा खटिने टोलीलाई लिएर छिट्टै खटिने प्रमुख थापाले बताउनुभयो ।

चुनावलाई लक्षित गरेर नेकपा (विप्लव) का कार्यकर्ताले यस जिल्लामा पनि केही गर्न सक्छन् भनेर विशेष चनाखोका साथ हेरिहेको उल्लेख गर्दै उहाँले चारैवटा सुरक्षा निकायले उच्च समन्वय र सहकार्यका साथ कसरी सुरक्षा दिने भन्ने विषयमा केन्द्रित भएर काम गरिरहेको छ भन्नुभयो ।

जिल्लाको अवस्था सामान्य रहे पनि छिमेकी जिल्लामा निर्वाचन सम्पन्न भइसकेका र ती जिल्लाबाट थप चुनौती हुनसक्नेलाई पनि मध्यनजर गरेर सुरक्षा निकायले सुरक्षा प्रदान गर्ने तयारीमा रहेको प्रमुख थापाले बताउनुभयो ।प्रमुख थापाका अनुसार जिल्लाको विभिन्न नाकासहित मुख्य मुख्य चोकमा चौबिसै घण्टा चेकजाँचको कामदेखि आवश्यक्ताअनुसार खान तलासीसमेत गर्दै आएको छ । निर्वाचनका वेला उम्मेदवारलाई लक्षित गरी केही स्थानमा बम विस्फोटन गराएपछि उम्मेदवारलाई समेत सुरक्षा दिँदै आएको थापाको भनाइ छ ।सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अहिले जिल्लाका विकट क्षेत्र डाँडापारि र कोसीपारिलगायतका स्थानमा नेपाली सेनाले अस्थायी बेस क्याम्प नै स्थापना गरी सुरक्षा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि