मुख्यमन्त्री र प्रदेश सांसदको मर्यादाक्रम अझै तोकिएन

samsad-bicc_A53Di4LQR7काठमाडौँ, १३ मंसिर । संघीय संविधानअनुसार राज्यको पुनर्संरचनापछि पनि जननिर्वाचित प्रतिनिधि तथा सरकारी कर्मचारीको मर्यादाक्रम अन्योलमा छ । २४ जेठमा गृह मन्त्रालयले पछिल्लोपटक एकदेखि २८औँ वरीयतासम्मको मर्यादाक्रम सार्वजनिक गरे पनि प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सांसदहरूको मर्यादाक्रम तोकिएको छैन ।

स्थानीय जनप्रतिनिधिलगायतले सरकारको पछिल्लो मर्यादाक्रम निर्धारणप्रति असन्तुष्टि जनाएपछि मर्यादाक्रम फेरबदल गर्ने सरकारले तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । तर, मर्यादाक्रम तोक्न गठित कार्यदलको बैठकसमेत बसेको छैन ।

वर्तमान वरीयताक्रम

१. राष्ट्रपति

२. उपराष्ट्रपति

३. प्रधानमन्त्री

४. प्रधानन्यायाधीश

५. सभामुख

६. पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री

७. मन्त्री, विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, उपसभामुख, पूर्वसभामुख

८. राज्यमन्त्री, संसदीय समितिका सभापति

९. योजना आयोगका उपाध्यक्ष, प्रज्ञा–प्रतिष्ठानका कुलपतिहरू

१०. सर्वोच्चका न्यायाधीश, न्यायपरिषद् सदस्य

११. सहायकमन्त्री

१२. सांसद

१३. संवैधानिक निकाय प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संसद्का महासचिव

१४. उच्च अदालतका मुख्य न्यायाधीश, योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारी, राष्ट्र बैंकका गभर्नर, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति, विश्वविद्यालयका उपकुलपति

१५. नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत, सर्वोच्च अदालतका रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, उच्च अदालतका न्यायाधीश,

१६. रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसंधान विभाग), नेपाल स्थित संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक

१७. उपरथी, अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसंधान विभागका अतिरिक्त मूख्य अनुसन्धान निर्देशक

१८. जिल्ला विकास समितिका निर्वाचित सभापति, महानगरपालिकाका प्रमुख (निर्वाचित)

१९. नेपाल सरकारका सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश, राजपत्रांकित प्रथम श्रेणिका कर्मचारी, उपमहानगरपालिकाका प्रमुख (निर्वाचित), नगरपालिकाका प्रमुख (निर्वाचित)

२०. नेपालस्थित विदेशी कन्सलर जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख

२१. सहायक रथी, प्रहरी नायव महानिरिक्षक, सशस्त्र प्रहरी नायव महानिरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान निर्देशक

२२. महासेनानी, प्रहरी बरिष्ठ उपरिक्षक, सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका सह अनुसंधान निर्देशक

२३. नेपाल सरकारका उपसचिव, निर्देशक, राजपत्रांकित द्धितीय श्रेणिका कर्मचारी

२४. प्रमुख सेनानी, प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका उप अनुसंधान निर्देशक

२५. सेनानी, प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी नायव उपरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत, गाविस (अध्यक्ष)

२६. सह सेनानी, नेपाल सरकारका शाखा अधिकृत, राजपत्रांकित तृतीय श्रेणिका कर्मचारी

२७. उपसेनानी, प्रहरी निरिक्षक, सशस्त्र प्रहरी निरिक्षक, राष्ट्रिय अनुसंधान विभागका अनुसंधान अधिकृत

२८. सहायक सेनानी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक