इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति ४ खेल हुदैछन् । लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडले लिगको आठौं स्थानमा रहेको वाटफोर्डसँग प्रतिस्पर्धा गर्दैछ ।

भिकरेज रोडमा हुने खेलमा घरेलु टोली वाटफोर्ड युनाइटेडलाई रोक्ने प्रयासमा हुनेछ । युनाइटेड भने शतप्रतिशत जित हात पार्ने दाउमा रहेको छ । वाटफोर्डले पनि पछिल्लो दुई खेलमा लगातार जित हात पारेकाले उच्च मनोबल रहेको छ । त्यसो त, युनाइटेडले पछिल्लो दुबै खेलमा जित हात पारेको छ ।
प्रिमियर लिग अन्तर्गत नै मंगलबार राति टोटनह्यामले लेस्टर सिटीको सामना गर्दैछ । आफ्नो किङ पावर स्टेडियममा हुने खेलमा लेस्टर सिटी जितको खोजिमा हुनेछ ।
टोटनह्याम लिगको पाचौं स्थानमा रहेको छ । यता, लेस्टर सिटी भने लिगको १२ औं स्थानमा रहेको छ ।
लिगकै अर्को खेलमा ब्रिगटोनले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्दा अर्को खेलमा वेष्ट ब्रुमले न्युक्यास्टलको सामना गर्दैछ ।
लिगको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी रहेको छ । १३ खेलबाट अपराजित यात्रालाई निरन्तरता दिएको सिटीको ३७ अंक रहेको छ । म्यान्चेस्तर युनाइटेडको २९ अंक रहेको छ । त्यस्तै, लिगको तेस्रो स्थानमा साविक विजेता चेल्सी रहेको छ । चेल्सीको समान १३ खेलबाट २६ अंक रहंदा चौथो स्थानमा रहेको अर्सनलको २३ अंक छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन