काठमाडौँ, १२ मंसिर । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५ जिल्लामा चुनाव हुँदै छ ।
पहिलो चरणको चुनावी तयारी गरिरहेकै बेला ४० भन्दा बढी स्थानमा बम विस्फोट भयो भने सयभन्दा बढी स्थानबाट विस्फोटक पदार्थ बरामद भयो । निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ परे ।
पहिलो चरणको चुनावमा सरकारले चुनावी सुरक्षा चुनौतीका रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई मात्रै औंल्याएको थियो ।
तर दोस्रो चरणमा विप्लवसँगै तराईका सशस्त्र समूह, सीके राउत, भोट खरिदबिक्री, सीमामा लुकेर बसेका आपराधिक समूह, खुला सिमानाका कारण हतियार तथा विस्फोटक पदार्थ सजिलै भित्रन सक्नेलगायत चुनौती थपिने आकलन गरिएको छ ।
दोस्रो चरणमा खासगरी प्रदेश नम्बर २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ ।
यी हुन् चुनौती
– नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता
– खुला सिमाना
– विस्फोटक पदार्थ सजिलै भित्रन सक्ने
– मधेसमा विद्यमान सुरक्षा संवेदनशीलता
– भोट खरिद-बिक्री
– आपराधिक समूहको सक्रियता
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र