सुरक्षामा चुनौतीका चाङः दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने

shunab-election-pradesh-chunab-nepalकाठमाडौँ, १२ मंसिर ।  पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा चुनाव छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि दोस्रो चरण चुनाव बढी संवेदनशील र चुनौतीपूर्ण हुने निष्कर्ष सुरक्षा निकायले निकालेका छन् । मंसिर २१ गते सात प्रदेशका बाँकी ४५ जिल्लामा चुनाव हुँदै छ ।

पहिलो चरणको चुनावी तयारी गरिरहेकै बेला ४० भन्दा बढी स्थानमा बम विस्फोट भयो भने सयभन्दा बढी स्थानबाट विस्फोटक पदार्थ बरामद भयो । निर्वाचन बिथोल्न खोज्नेहरू पाँच सयभन्दा बढीको संख्यामा पक्राउ परे ।

पहिलो चरणको चुनावमा सरकारले चुनावी सुरक्षा चुनौतीका रूपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई मात्रै औंल्याएको थियो ।

तर दोस्रो चरणमा विप्लवसँगै तराईका सशस्त्र समूह, सीके राउत, भोट खरिदबिक्री, सीमामा लुकेर बसेका आपराधिक समूह, खुला सिमानाका कारण हतियार तथा विस्फोटक पदार्थ सजिलै भित्रन सक्नेलगायत चुनौती थपिने आकलन गरिएको छ ।

 

दोस्रो चरणमा खासगरी प्रदेश नम्बर २ लाई बढी संवेदनशील र सुरक्षा दृष्टिकोणले पनि चुनौतीपूर्ण मानिएको छ ।

यी हुन् चुनौती

– नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता
– खुला सिमाना
– विस्फोटक पदार्थ सजिलै भित्रन सक्ने
– मधेसमा विद्यमान सुरक्षा संवेदनशीलता
– भोट खरिद-बिक्री
– आपराधिक समूहको सक्रियता

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो