३२ जिल्लामा ६५ प्रतिशत बढी मत: कुन जिल्लामा सबैभन्दा धेरै खस्यो ?

Nepal-electionकाठमाडौँ, ११ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणमा आइतबार ३२ जिल्लामा भएको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगले मतदाताको व्यापक सहभागितामा उत्साजनक मतदान भएको जनाएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक दुवै सभाको पहिलो चरणको निर्वाचन भएको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिए । उक्त आँकडा प्रारम्भिकमात्रै रहेकाले अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

मतदान सम्पन्न भएसँगै पत्रकार सम्मेलन गरेर यादवले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले मुलुकमा राजनीतिक स्थायित्व दिन जनता प्रतिवद्ध देखिएको बताए ।  उनले निर्वाचनले संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे । सबभन्दा बढी बाजुरामा ८० प्रतिशत मतदान भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना