काठमाडौँ, ११ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणमा आइतबार ३२ जिल्लामा भएको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगले मतदाताको व्यापक सहभागितामा उत्साजनक मतदान भएको जनाएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक दुवै सभाको पहिलो चरणको निर्वाचन भएको हो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिए । उक्त आँकडा प्रारम्भिकमात्रै रहेकाले अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
मतदान सम्पन्न भएसँगै पत्रकार सम्मेलन गरेर यादवले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले मुलुकमा राजनीतिक स्थायित्व दिन जनता प्रतिवद्ध देखिएको बताए । उनले निर्वाचनले संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे । सबभन्दा बढी बाजुरामा ८० प्रतिशत मतदान भएको छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि