३२ जिल्लामा ६५ प्रतिशत बढी मत: कुन जिल्लामा सबैभन्दा धेरै खस्यो ?

Nepal-electionकाठमाडौँ, ११ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणमा आइतबार ३२ जिल्लामा भएको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगले मतदाताको व्यापक सहभागितामा उत्साजनक मतदान भएको जनाएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक दुवै सभाको पहिलो चरणको निर्वाचन भएको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिए । उक्त आँकडा प्रारम्भिकमात्रै रहेकाले अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

मतदान सम्पन्न भएसँगै पत्रकार सम्मेलन गरेर यादवले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले मुलुकमा राजनीतिक स्थायित्व दिन जनता प्रतिवद्ध देखिएको बताए ।  उनले निर्वाचनले संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे । सबभन्दा बढी बाजुरामा ८० प्रतिशत मतदान भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत