हात्ती आतङ्क चुनावी मुद्दा !

elephant_CaVO6Rpt3Fझापा, ११ मंसिर । झापाका मतदाताले उम्मेदवारहरूसँग आफूहरूलाई हात्ती आतङ्कबाट छुटकारा दिलाउन गराउन माग गर्ने गरेका छन् ।  मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि झापामा मुख्य कार्यसूची हात्तीको आतङ्क बनेको छ ।  झापामा जङ्गली हात्ती आएर स्थानीय जनताको घर भत्काइदिने, मान्छे मार्ने, अन्नबाली नष्ट गरिदिने समस्या छ ।  हात्ती आतङ्कबाट यहाँका जनता वर्षौंदेखि पीडित छन् ।  त्यसैले यस समस्यालाई मतदाता र उम्मेदवार दुवैले कार्यसूचीकै रूपमा प्रस्तुत गरेका छन् ।   झापा जिल्लाका झण्डै छ लाख मतदातामध्ये आधा जति यसबाट पीडित देखिएका छन् ।  पाँचवटामध्ये तीनवटा निर्वाचन क्षेत्र पूर्णरूपमा हात्ती समस्याबाट ग्रसित छ ।  झापाका क्षेत्र नं १, २ र ३ पूर्णरूपमा प्रभावित रहेको हात्तीपीडित सोम तामाङले बताउनुभयो ।  उहाँका अनुसार मेची नगरको पूरै भाग, भद्रपुरको ९ र १० नम्बर वडा र बुद्ध शान्तिका ४, ५, ६ र ७ नं वडा विशेष प्रभावित क्षेत्र हुन् ।  सबैभन्दा बढी हात्तीपीडित मतदाता भएको निर्वाचन क्षेत्र तीन नम्बर हो ।  जसमा भद्रपुर, हल्दिबारी, बाह्रदशी र कचन कबललगायतका पर्छन् ।
त्यस्तै, झापा–२ मा एक लाखभन्दा बढी मतदाता छन् र त्यहाँका मतदाताको समस्या पनि उस्तै छ ।  भद्रपुरका अर्का हात्तीपीडित कृष्णबहादुर तमाङले हात्तीकै कारण कतिपय घरबारविहीन बनेको बताउँदै भन्नुभयो, “चुनावको समय आयो भने उम्मेदवारहरू विभिन्न आश्वासन लिएर आउँछन् र मत लिएर जान्छन् तर फेरि कहिल्यै फर्केर आउँदैनन् ।  हामी दिनदिनै त्यसबाट पीडित बनेका हुन्छौँ । ’
भद्रपुर नगरपालिका–१ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले हात्तीको समस्या समाधान गर्न राज्यस्तरबाट विभिन्न आश्वासन दिइए पनि समाधान हुन नसकेको बताउनुभयो ।  झापा–१ का प्रतिनिधिसभा उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार विश्वप्रकाश शर्मा दुवैले हात्ती नियन्त्रणलाई मुख्य कार्यसूचीमा राख्नुभएको छ ।  झापा ३ का वाम गठबन्धनको समर्थन प्राप्त राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले पनि हात्ती आतङ्कलाई मुख्य मुद्दा बनाउनुभएको छ ।
उहाँ भन्नुहुन्छ,‘ यो हात्तीको समस्यामा सबैभन्दा बढी काम मैले गरेको छु । ’झापा–३ का प्रतिनिधिसभा उम्मेदवार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि चुनाव जित्नका लागि हात्ती नियन्त्रणको स्थानीय मुद्दालाई चुनावी मुद्दा बनाएर जनताको माझमा जानुभएको छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद