ठेक्कापट्टालाई विकास भनेर भजाएर खाने पाण्डेदेखी सचेत हुनुस्: प्रचण्ड

Prachanda_1_mGWSfr4quE
चितवन, १० मंसिर । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनकाे गतिमा अघि बढ्ने जिकिर गरेका छन् ।अाइतबार चितवनकाे माडीमा अायाेजित काेण सभामा बाेल्दै प्रचण्डले भने, ‘कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै हाेइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिन हाे ।’ शान्ति प्रक्रियामा आउँदा नेपाललाई सिंगापुर र स्वीटरज्याण्ड बनाउने बताउने गरेका उनले अगाडि थपे, ‘चुनावपछि एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता हुन्छ । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्छ । त्यसपछि नेपालकाे विकास र समृद्धिकाे यात्रा रेल ईन्जिनकाे गतिमा अघि बढ्छ।’‘जसले पैसाले भाेट खरिद गर्छ, त्यसले जनतालाई भेडा बाख्रा ठान्छ, सामन्तहरु जनतालाई मान्छे नै ठान्दैनन्,’ बाँदरझुलामा अायाेजित कार्यक्रममा प्रचण्डले भने, ‘जनतालाई पैसामा किन्न खाेज्नेहरुले के जनताका समस्या बुझ्छन् ? के एकदिन मासुभात खाएर तपाईं हाम्राे जीवन चल्छ ?’उनले २/३ हजार पैसाले तपाईं हाम्राे भविष्य नबन्ने भन्दै देशमा विकास र समृद्धि हुने बाटो रोज्न मतदातालाई सुझाव दिए । लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले भने, ‘अाफ्नाे र अर्काे चिनौं । जसले जिन्दगीभर जनता ठग्याे, लुट्यो र ठेक्कापट्टालाई विकास भनेर भजाएर खायाे, त्यस्ताबाट सचेत हुनुस् । २/४ पैसाकाे लाेभमा अाफ्नै खुट्टामा बञ्चराे नहान्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि