ठेक्कापट्टालाई विकास भनेर भजाएर खाने पाण्डेदेखी सचेत हुनुस्: प्रचण्ड

Prachanda_1_mGWSfr4quE
चितवन, १० मंसिर । माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनकाे गतिमा अघि बढ्ने जिकिर गरेका छन् ।अाइतबार चितवनकाे माडीमा अायाेजित काेण सभामा बाेल्दै प्रचण्डले भने, ‘कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै हाेइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिन हाे ।’ शान्ति प्रक्रियामा आउँदा नेपाललाई सिंगापुर र स्वीटरज्याण्ड बनाउने बताउने गरेका उनले अगाडि थपे, ‘चुनावपछि एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता हुन्छ । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्छ । त्यसपछि नेपालकाे विकास र समृद्धिकाे यात्रा रेल ईन्जिनकाे गतिमा अघि बढ्छ।’‘जसले पैसाले भाेट खरिद गर्छ, त्यसले जनतालाई भेडा बाख्रा ठान्छ, सामन्तहरु जनतालाई मान्छे नै ठान्दैनन्,’ बाँदरझुलामा अायाेजित कार्यक्रममा प्रचण्डले भने, ‘जनतालाई पैसामा किन्न खाेज्नेहरुले के जनताका समस्या बुझ्छन् ? के एकदिन मासुभात खाएर तपाईं हाम्राे जीवन चल्छ ?’उनले २/३ हजार पैसाले तपाईं हाम्राे भविष्य नबन्ने भन्दै देशमा विकास र समृद्धि हुने बाटो रोज्न मतदातालाई सुझाव दिए । लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले भने, ‘अाफ्नाे र अर्काे चिनौं । जसले जिन्दगीभर जनता ठग्याे, लुट्यो र ठेक्कापट्टालाई विकास भनेर भजाएर खायाे, त्यस्ताबाट सचेत हुनुस् । २/४ पैसाकाे लाेभमा अाफ्नै खुट्टामा बञ्चराे नहान्नुस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’