November 26, 2017

नेपालमै यौन धन्दा चलाउने धर्म गुरु, तस्विरमा यीनको चर्तिकला हेर्नुहोस् 

 

काठमाडौं । केही महिना अघि भारतमा यौन दुराचारको आरोपमा एक धर्मगुरु पक्राउ परे । पक्राउ परेका उनीबारे नेपाल मात्रै होइन विश्व भर नै सनसनीपूर्ण खबर बनेको थियो । नेपालमा समेत एक बौद्ध धर्मगुरुमाथि यौन दुराचारको आरोप लागेको छ ।

विहीबार प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले एक धर्म गुरुलाई पक्राउ गरेको हो । दक्षिणकाली नगरपालिका १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरी बसेका रिम्पोचे नाम गरेका ती धर्म गुरुलाई ब्युरोले पक्राउ गरेको हो । उनले झण्डै एक दशकदेखि धर्म गुरुको काम गर्दै आएको समेत भेटिएको छ ।

गुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामा नाम गरेका यी धर्म गुरुले विभिन्न महिलामाथि यौन दुव्र्यबहार गर्ने गरेको थाहा भएको छ ।

उनले ‘म अवतारी लामा हुँ, दशैँँ पुस्तासम्म एउटै कुलमा जन्मेको जन्मजात अवतारी लामा हुँ’ भन्दै आफू लाई चिनाउँदै आएका थिए । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जामा जन्मेका उनी आफूले जस्तो सुकै दैवी रोग लागेपनि निको पार्ने दाबी गर्छन् । उनले महिलाको मात्रै उपचार गर्ने र महिलालाई डर र त्रासमा पारेर यौन शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनलाई प्रहरीले मंसिर ५ गते नै पक्राउ गरेको थियो । पक्राउ गरिएका उनलाई विहीबार सार्वजनिक गरिएको हो । लामालाई जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी तथा साइबर अपराधको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

उनले आफूले महिलालाई चुम्बन गर्दै गरेको तस्विर समेत सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिदिएका छन् ।

उपचार गराउन आएका महिलालाई उपचारको क्रममा एक्लो कोठामा निर्वस्त्र बनाएर जबरजस्ति यौनसम्पर्क गर्ने गरेको समेत सिआइबीको अनुसन्धानमा खुलेको छ ।

यी गुरुले महिलालले आफूसँग भएको यौन सम्बन्ध सार्वजनिक गरे वा कसैलाई भने रोग बल्झने र फेरी उपचारको निम्ती उनीसँगै यौन सम्बन्ध राख्नुपर्ने सर्त राख्ने गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ ।

‘गुरू तेतिस कोटी देउताको अवतार भएको, गुरू रिसाएमा अनिस्ठ हूने भनी डर त्रास देखाई भ्रममा पारेको पीडित महिलाहरूलाई परपुरूषसँग विवाह गरेमा तिम्रो मृत्यु समेत हुन्छ भनी त्रास देखाई पीडितहरूलाई बारम्बार यौन सम्पर्क गर्ने गरेको खुलेको छ,’ प्रहरीले आफ्नो विज्ञप्तिमा भनेको छ,‘ यिनको फेसबुक पेजमा हेर्दा महिलासित चुम्बन गरेको फोटोसमेत देखियो। फोटोलाई कसैले नकारात्मक दृष्टिले हेरेमा विभिन्न समस्या भोग्न सक्ने वा वज्र शक्तिको पीडित हुनसक्ने भनी समेत धम्क्याइएको छ।’

िदयाेपाेस्टबाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग