एमालेसँग पार्टी एकता नभए दुबै डुब्छौं: प्रचण्ड

 

56782199923897989_2014857185466173_1303101405_n नेपालखबर भरतपुर, मंसिर ८,माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माअाेवादीलाई एमालेसँग पार्टी एकताबाट नभए दुबै डुब्ने बताएका छन्। भरतपुर-१८ मा अायाेजित एमाले कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘हामीले पछाडिकाे पुल भत्काएर अघि बढेका छौं, अब पछि फर्कन खाेजे डुबिन्छ। अब काेही पनि एकताबाट भाग्न सक्ने ठाउँ नै छैन। पार्टी एकता भएन भने म, केपीजी, माधवजी लगायतका नेताहरुलाई जनता र कार्यकर्तासामू मूख देखाउन लाज हुन्छ। अब कसैले राेकेर पार्टी एकता राेकिँदैन, तपाईहरु कत्ति पनि भ्रममा नरहनु हाेला।’

‘म घिसेपिटे तरीकाले कहिल्यै अघि बढिनँ। बिस्तारै बिस्तारै काम गर्ने स्वभाव छैन। अाँटेपछि अघि बढ्ने हामी दुवैकाे चरित्र हाे’ प्रचण्डले भने, ‘हाम्राे बीचमा धेरै कुरा मिलिसकेकाे छ। जनताकाे बहुदलीय जनवाद र २१ अाैं शताब्दीकाे जनवादकाे बीचबाट नयाँ संश्लेषणमा पुग्छौं। अब हामी हिड्ने शान्तिपूर्ण प्रतिस्पर्धाकाे बाटाे हाे, समाजवादकाे बाटाे हाे। त्यसमा हामी एकमत भएका छौं।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि