पुत्र वियोगमा रहेका प्रचण्डको समर्थनमा भरतपुरमा उर्लियो लाखौँको जनलहर !

 

 

चितवन : पुत्र वियोगकाबीच चितवनको भरतपुरमा आयोजित चुनावी आम सभामा सहभागी भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पक्षमा लाखौँको जनलहर देखिएको छ ।चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ९ अन्तर्गत केन्द्रीय बस टर्मिनल चौरमा ५० हजार भन्दा धेरै सर्वसाधरण सहभागी बनेका छन् ।कार्यक्रममा सहभागी त्यहाँ स्थित दियोपोस्टका संवाददाता खेम बहादुर दर्जीका अनुसार कांग्रेस र राप्रपाका कार्यकर्ता समेत कार्यक्रममा सहभागी छन् । ‘यो चौरको क्षमता ५० हजारको संख्यामा मानिस अट्ने रहेको छ,’ उनले भने,‘यौ चौरमा भरिएर पनि मानिसहरु बाहिर बसिरहेका छन् ।’भरतपुरको वडा नम्बर ९ बाट मात्रै ९ वटा बस र अटोरिक्सामा जनता सहभागी भएका थिए ।

कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवार सहित चितवन पुगेका थिए । कार्यक्रमलाई उनले सम्बोधन भने नगर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओली, माधव नेपाल र सुरेन्द्र पाण्डेले सम्बोधन गर्नेछन् । त्यस्तै माओवादी केन्द्रका नेता राम बहादुर थापा बादलले पनि कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।कार्यक्रमको शुरुवातमा शिर्ष नेताहरुले प्रकाश दाहालको तस्विरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज