निर्वाचनका लागि ५ करोड २२ लाख मतपत्र तयार

 मङ्सिर ४,काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छपाईको काम सकिएको छ ।

2057248140nirwachan--(1)

निर्वाचन आयोगकाअनुसार पहिलो चरणको लागि छापिएका मतपत्र निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने दोस्रो चरणका लागि सोमबार बिहान छपाई सकिएको हो ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ करोड ७४ लाख, प्रदेशसभाको दुई चरणका लागि १ करोड ७४ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

त्यसैगरी समानुपातिकतर्फको मतपत्र एउटै सिटमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १ करोड ७४ लाखकै संख्यामा मतपत्र छपाई भइसकेको छ । 

प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिकतर्फ गरी ५ करोड २२ लाख मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिकतर्फको मतपत्र असोज १७ गतेदेखि सुरु भएर कात्र्तिक ८ गतेसम्म सकिएको थियो । 

त्यसैगरी पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फको प्रतिनिधिसभाका लागि ३४ लाख तथा प्रदेशसभाका लागि सोही संख्यामा मतपत्र छपाईँ गरी निर्वाचन क्षेत्रमा पठाइ सकिएको प्रवक्ता ढकालले जानकारी दिए । 

पहिलो चरणको प्रत्यक्षको मतपत्र कात्तिक १० गते सुरु गरेर २० गते सकेको थियो ।

दोस्रो चरणका लागि कात्तिक २० गतेदेखि सुरु गरेर तोकिएको समय अगावै छपाई  सकिएको हो । दोस्रो चरणका लागि प्रतिनिधि सभाका लागि १ करोड २० लाख तथा प्रदेशका लागि पनि सोही संख्यामा मतपत्र छापिएको छ ।

दुई चरणमा गरी १ करोड ५४ लाख मतदाता भएपनि आयोगले करिब २० लाख बढी मतपत्र छापेको छ ।  अपेक्षाभन्दा कम उमेदवारी परेकाले तोकिएको समयभन्दा छिटो मतगणना सकिएको आयोगले जनाएको छ । 

“२० वा सो भन्दा बढी उमेदवार भएको क्षेत्र १४ हजार मात्रै छन् । जसले गर्दा एउटै सिटमा ८ वटासम्म मतपत्र छपाई भएकाले छिटो सकिएको हो,” आयोग स्रोतले भन्यो ।
समानुपातिक तर्फको मतपत्र भने ठूलो आकारको भएकाले एक पटकमा दुई ओटा मात्रै छपाई भएको थियो । 

दोस्रो चरणको मतपत्रको अब गुणस्तर चेक, नम्बरिङ र प्याकिङको काम बाँकी रहेको र यो पनि १/२ दिनमै सकिने आयोगले जनाएको छ । आयोगले सबै मतपत्रको छपाईको जिम्मा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र