दुई खर्बमा मेट्रो रेल उपत्यकामा

3a862-metro-rail

काठमाडौँ,  २८ कात्तिक ।   लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ। रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ। दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

निर्णय चाँडै कार्यान्वयनमा ल्याइने

बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए। ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो। यसअघि केही अध्ययन भएका थिए। विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ। चाँडोभन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने।

सिइओ अधिकारीले डिएफएस र डिपिआर तयारी मात्र नभई मेट्रो रेल निर्माण कार्य नै अघि बढाइने जानकारी दिए। ‘अहिले सम्भाव्यता र डिपिआर अध्ययनको जिम्मेवारी आएको छ। तयारी भएलगत्तै निर्माणको चरणमा प्रवेश गर्छौँ। त्यसका लागि आवश्यक लगानी जुटाउन सरकारलाई भनिनेछ, सँगै निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने।

यसअघि कोरियन कम्पनीले गरेको थियो सम्भाव्यता अध्ययन

लगानी बोर्डका अनुसार मेट्र रेल सम्बन्धमा यसअघि तयार गरिएको प्रतिवेदन पनि अध्ययन हुनेछ। उपत्यकामा मेट्रो रेल चलाउने उद्देश्यले कोरियन कम्पनीले सन् २०१२ मै सम्भाव्यता अध्ययन गरेको थियो। कम्पनीले ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ चलाउन रेल विभागको संयोजकत्वमा अध्ययन गरेको थियो। त्यसवेला चक्रपथभित्र मात्रै लक्षित गरी मेट्रो रेल निर्माणको अध्ययन भएको थियो। पाँच लेनमा कुदाउन सकिने भनी गरिएको अध्ययन प्रतिवेदनअनुसार सातदोबाटो–रत्नपार्क–महाराजगन्ज चोकसम्म रुट नंं. ‘ए’ र कलंकी–कालीमाटी–कोटेश्वरसम्म रुट नं. ‘बी’ नाम दिइएको थियो। त्यस्तै, रुट नं. ‘सी’ चक्रपथ, रुट नं. ‘डी’ स्वयम्भू–डिल्लीबजार–बौद्ध र रुट नं. ‘ई’ अन्तर्गत धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुलाई राखिएको थियो। प्रतिवेदनअनुसार रुट नं. ‘ए’, ‘बी’ र ‘सी’ इलिभेटेड अर्थात् स्काइरेल हुने भनिएको थियो। रुट नं. नम्बर ‘डी’ र ‘ई’ भने भूमिगत हुने भनिएको थियो।

दुई खर्ब खर्च लाग्ने

बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ। सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ। यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ। ‘तथ्यांकअनुसार लिक निर्माणको लागत रकम प्रतिकिमि तीन अर्ब रुपैयाँ छ,’ लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि