काठमाडौं, २७ कार्तिक : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले गायक बद्रि पंगेनीले आफ्नो नाम भाइरल बनाएर पैसा कमाउन मात्रै खोजेको आरोप लगाएका छन् ।
उनले भने,‘मेरो नाममा भिडियो भाईरल गराएर बद्री पंगेनीले एक तलाको घर थपे, अरु केही हुनेवाला छैनन्, पंगेनी एमालेका कार्यकर्ता हुन्, उनले एमालेको भजन गाउनु स्वभाविक हो।’
हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले पार्टीबाट अबको प्रधानमन्त्री आफू नै भएको दाबी समेत गरे । उनले भने,‘अबको प्रधानमन्त्री मै हुँ, पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललेपनि विश्राम लिनुपर्छ ।’
अबको निर्वाचमा आफ्नो पार्टीकै बहुमत आउने समेत उनको दाबी थियो । यदि वाम गठबन्धनको बहुमत आएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै प्रधानमन्त्री हुने तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने आरोप लगाए ।
भिडियो हेर्नुहोस् :
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि