कात्तिक २२,काठमाडौं : ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफफाइभ भब्य समारोहविच आगामी कात्तिक २८ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । काठमाडौंमा आयोजना गरिने उक्त समारोहमा नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागिता रहनेछ । कार्यक्रममा नेपाल आइडलको उपस्थितीका बारेमा कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो ।

आधिकारिक फेसबुक पेज मार्फत नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो पोष्ट गर्दै कम्पनीले मिति तथा तिनको उपस्थितीका बारेमा जानकारी दिएको हो । नेपाल आइडलका उत्कृष्ट तीनको सन्देश सहितको उक्त भिडियो मार्फत कम्पनीले सामाजिक सञ्जालमा लाइक तथा सेयर क्याम्पेनको पनि घोषणा गरेको छ ।
उक्त भिडियो लाइक तथा सेयर गर्ने मध्यबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफफाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने जानकारी दिएको छ । उक्त क्याम्पेन नोवेम्बर ८ देखि १२ सम्म चल्ने छ ।
सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन एफफाइभ नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हो । साथै यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ । यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने यूवा जमातको समग्र मागको सम्बोधन गर्ने आशा गरिएको छ ।
‘क्याप्चरिङ दि रियल यू’
नेपालमा उपस्थित फोन ब्राण्ड मध्य पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।
पहिलो फुल स्क्रिन उपकरण
सार्वजनिक हुन लागेको नयाँ उपकरण ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्छ । नेपाली बजारमा नयाँ फोन नोेवेम्बर १५ देखि उपलब्ध हुने जनाइएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध