November 7, 2017

महिनावारीका बेला भुलेर पनि नगर्नुहोस् यी काम

महिलाका लागि महिनावारी निकै पीडादायी समय हो । अपवाद बाहेक लगभग सबै महिला महिनावारीको पीडाबाट पीडित हुन्छन् । यो बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ । यसकारण महिनावारीका बेला खानपानसहित धेरै कुरामा सावधानी अपनाउनु पर्छ । त्यसमध्ये यी पाँच काम महिनावारीका बेला भूलेर पनि नगर्न चिकित्सहरूको सल्लाह छ ।

१. यौन सम्बन्ध
महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन । किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ । महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भवती होइदँैन भन्ने सोचाई पनि छ । तर, त्यो गलत हो । उक्त समयमा पनि गभर्वती हुने सम्भावना प्रबल हुन्छ । साथै संक्रमणबाट जोगिन पनि महिनावारीको बेला यौन सम्बन्धबाट टाँढै रहनु पर्छ ।

२. भोकको बेवास्ता
महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ । महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय पोषणयुक्त खाना खानुपर्छ ।

३. कडा शारीरिक श्रम
कमहिनावारीको समय पेट दुख्दा पीडा हुने वा पिठ्यू बाउँडिने जस्तो गरी दुख्न सक्छ । त्यसैले महिनावारीको समय शारीरिक श्रम गर्नबाट बँच्नु राम्रो हो ।

४. प्याडको प्रयोगमा लापरर्वाही
महिनावारीका बेला हरेक तीन घन्टामा प्याड परिवर्तन गर्ने गरौं । यदि कपडा प्रयोग गर्ने हो भने सकेसम्म सुतीको कपडा प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३–४ घन्टामा परिवर्तन गरिराख्नु पर्छ । यसले संक्रमणबाट जोगाउँछ । साथै दुर्गन्धबाट पनि टाढा राख्छ ।

५. कसिलो कपडा
महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन । यो बेला सकेसम्म सुतीको र हलुका लुगा कपडा लगाउनु पर्छ । किनकी आरामदायी कपडाले चिड्चिडापन हुँदैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि