रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैँ सुरु भएदेखि नै रक्तदानलगायत रगत उपलब्ध हुने कार्यक्रम ठप्प भएपछि रगत अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको ब्लड बैङ्कमा समेत रगतको अभाव भएको छ । रक्तदान नहुँदा रगतको अभाव चुलिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सहमहामन्त्री मनोजकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नहुँदा रगत अभाव भएको बताउँदै मागअनुसार रगत उपलब्ध गराउन नसकेको बताउनुभयो । यद्यपि रगत लिन भक्तपुर आउने बिरामीका परिवारलाई रित्तो फर्कनुपर्ने अवस्था भने नआएको बताउनुभयो ।

सहमहामन्त्री थापाले भन्नुभयो, “यतिखेर देशव्यापी रुपमै रगतको अभाव चुलिएको छ । दसैँका कारण रक्तदान कार्यक्रम हुन सकेको छैन, भक्तपुरमा पनि रगतको अभाव छ, दैनिक ३० देखि ३५ पिन्ट रगत उपलब्ध गराउँदै आएका छौँ, तर माग भने दैनिक एक सय ५० पिन्टसम्म हुने गरेको छ, रगत लिन भक्तपुर आउनेलाई एक पिन्ट मात्रै भए पनि दिएका छौँ, रित्तो फर्कनुपरेको छैन ।”

रक्तदान नहुँदा आपतकालीन अवस्थाका बिरामीका लागि रेडक्रसले रक्तदाताहरुलाई फोन गरेर बोलाउँदै रगत सङ्कलन गरेर पठाउने गरेको थापाले बताउनुभयो । भक्तपुरमा मात्रै नभई काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक र उपत्यकाबाहिरबाट समेत रगत लिन भक्तपुर आउने हुँदा भक्तपुरमा माग बढी देखिएको हो ।

उहाँले आफ्नो एक पिन्ट रगतले अरुको ज्यान बाँच्ने भएकाले यो पुण्य काममा रक्तदान गरेर सहयोग गर्न सबैमा आह्वान गर्नुभयो । भक्तपुरमा रगतको माग बढेको र रक्तदान हुन छाडेपछि रक्तदाताको लिष्ट हेर्दै दातालाई बोलाएर रक्तदान गराएर सङ्कलन गर्नु गरिरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय पार्षद सुशील बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दसैँको अष्टमीदेखि दशमीसम्म मेरो बसाइ नै रेडक्रस सोसाइटी भक्तपुर कार्यालयमै भयो, रगतको माग अत्यधिक भएपछि दाताको नाम हेर्दै बोलाउँदै रक्तदान गर्न लगाइयो, हिजो बिहीबार पनि मलगायत मैले भनेर भाइ, बहिनी र साथीलाई कार्यालयमै गएर रक्तदान गर्यौँ ।”

उहाँका अनुसार ठूला अस्पतालमा दसैँको समयमा ठूला शल्यक्रिया नभए पनि रक्त क्यान्सरका बिरामी, दुर्घटनाका बिरामी र डेङ्गुका बिरामीका लागि रगतको माग बढेको छ । डेङ्गुका बिरामी बढ्दै गएपछि रगतको माग पनि बढ्दै गएको हो भन्दै उहाँले दैनिक एक सय ५० जना रगत लिन कार्यालयमै आउने र रगत माग्दै सयौँ कल फोन आउने गरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक