१९ कात्तिक, रियाद : साउदी अरवमा भ्रष्टाचारको आरोपमा राजकुमार सहित दर्जनौ पूर्वमन्त्री हिरासतमा परेका छन् । हिरासतमा पुग्नेमा एघार राजकुमार चार मन्त्री र दर्जनौ पूर्वमन्त्रीहरु रहेका छन् । भ्रष्टाचारसँग सवन्धित विषय अध्ययन गर्न हालै गठन भएको नयाँ कमिटिले भ्रष्टाचारको आरोपमा उनीहरुलाई हिरासतमा लिएको हो ।

हिरासतमा लिइएका मानिसहरुको नाम र उनीहरुको भ्रष्टाचार आरोप भने खुलाईएको छैन । उक्त समितिले साउदी राष्ट्रिय सुरक्षा र नौ सेना प्रमुखलाई पनि बर्खास्त गरेको छ । औपचारिक रुपमा उनीहरुलाई हटाउनुको कारण खुलाईएको छैन ।
साउदी अरवको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार भ्रष्टाचार बारे छानविन गर्न गठित कमिटीलाई पक्राउ पुर्जी जारी गर्ने र यात्रामा प्रतिबन्ध लगाउन सक्ने अधिकार समेत दिइएको छ ।
उक्त समितिले सन दुई हजार नौ मा आएको बाढी र सन दुई हजार बा-हको मर्स भाइरस संक्रमणको घटनाको पनि नयाँ तरिकाले छानविन शुरु गरेको साउदीको समाचार संस्था अल अरेवियाले उल्लेख गरेको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष