सोल, १७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।
उनले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लाग्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न लाग्नु भएको सम्बोधनकोृ क्रममा राष्ट्रपति ट्रम्प त्यहाँ पुग्न लागेको बताइएको छ ।
दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने अमेरिकी सैनिक शिवीरको भ्रमणमा पनि उनि जान लागेका बताइएको छ ।
ब्ल्यु हाउसमा हुन लागेको एक विशेष सभामा राष्ट्रपति मुन जाए इनको साथमा राष्ट्रपति ट्रम्प पनि रहनुहुने बताइएको छ । सो सभामा राष्ट्रपतिको सम्बोधन हुने छ ।
यस छलफलमा दक्षिण कोरिया र अमेरिकाका वरिष्ठ सरकारी अधिकारीहरुको सहभागिता रहने बताइएको छ ।
सो भ्रमणका क्रममा दक्षिण कोरिया र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ ।
उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने अहिले नै केही बताइएको छैन ।
उहाँले कोरियाको संसद बैठकलाई पनि सम्बोधन गर्नुहुने भएको समाचारमा जनाइएको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद