सोल, १७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।
उनले यही नोभेम्बरको ७ देखि ८ सम्म कोरियाको भ्रमण गर्न लाग्नुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रिय सभालाई गर्न लाग्नु भएको सम्बोधनकोृ क्रममा राष्ट्रपति ट्रम्प त्यहाँ पुग्न लागेको बताइएको छ ।
दक्षिण कोरियाको राजधानी सोलबाट ४० किलोमिटर दक्षिणमा पर्ने अमेरिकी सैनिक शिवीरको भ्रमणमा पनि उनि जान लागेका बताइएको छ ।
ब्ल्यु हाउसमा हुन लागेको एक विशेष सभामा राष्ट्रपति मुन जाए इनको साथमा राष्ट्रपति ट्रम्प पनि रहनुहुने बताइएको छ । सो सभामा राष्ट्रपतिको सम्बोधन हुने छ ।
यस छलफलमा दक्षिण कोरिया र अमेरिकाका वरिष्ठ सरकारी अधिकारीहरुको सहभागिता रहने बताइएको छ ।
सो भ्रमणका क्रममा दक्षिण कोरिया र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध सुदृढिकरणका साथै विभिन्न क्षेत्रीय र विश्वव्यापी मुद्धाहरुमा पनि आवश्यक छलफल र साझा धारणा निर्माण गर्नुहुने अपेक्षा गरिएको छ ।
उक्त भ्रमणका विषयमा सम्बोधन गरिने मुद्धा तथा अन्य आवश्यक सहमति तथा सम्झौताहरुका बारेमा भने अहिले नै केही बताइएको छैन ।
उहाँले कोरियाको संसद बैठकलाई पनि सम्बोधन गर्नुहुने भएको समाचारमा जनाइएको छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि