राष्ट्रपति मुन : दक्षिण कोरियाले कहिल्यै आणविक अश्त्र बनाउदैन

१५ कात्तिक, सोल : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताएका छन  । दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उनले भने– दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन 

Moon-Jae-in-1433611उनले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि सो सम्बोधनका क्रममा बताएका थिए ।

उनले आफ्नो सरकारले विशेषगरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका माध्यमबाट समग्र एसिया तथा क्षेत्रीय रुपमा शान्तिका लागि सहयोग पुग्ने धारणा पनि राखे ।

यस क्षेत्रमा स्थायित्व र शान्तिको आवश्यकता छ भन्ने कुरामा आफ्नो सरकार प्रतिबद्ध रहेको र यसका लागि दक्षिण कोरियाले ठूलो प्रयत्न गरिरहेको धारणा पनि सो सम्बोधनका क्रममा राखेका थिए ।

बुधबार उनले गरेको यो सम्बोधन उनी राष्ट्रपति भएपछिको दोस्रो सम्बोधन हो । उनले आफ्नो यस सम्बोधनका क्रममा निशस्त्रीकरणलाई नै बढी मात्रामा जोड दिएका थिए ।

उनले सो सम्बोधनको प्रमुख अंश शान्ति स्थापनालाई बनाएको र उत्तर कोरियालाई शान्तिप्रति इमान्दार बन्न आग्रह गरेका थिए । त्यस क्रममा उनले उत्तर कोरियाले बारम्बार आणविक होड देखाएर ठूलो गल्ती गरेको पनि बताएका थिए ।

उनले उत्तर कोरियाको समस्या पनि शान्तिपूर्ण रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । हाल उत्तर कोरियाका विरुद्धमा लगाइएको नाकाबन्दी भनेको उसलाई शान्तिपूर्ण रुपमा समाधानका लागि वार्तामा आउन दिइएको अवसर भएको बताए ।

यसरी हतियारको मात्र प्रदर्शनले ध्वंस बाहेक अरु केही नहुने भएकाले आगामी दिनमा उसले पनि शान्तिका लागि प्रयत्न गर्नुपर्ने उसँग कुनै समस्या छ भने पनि शान्तिवार्ताको माध्यमबाटै खोज्नुपर्नेमा जोड दिएको समाचारमा जनाइएको छ ।

उता उत्तर कोरियाले भने बारम्बार आणविक हतियारको परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले गएको अगष्ट महिनामा पनि पछिल्लो पटक शक्तिशाली आणविक परीक्षण पनि गरेको छ ।

सो आणविक परीक्षणको विश्वव्यापी रुपमा नै वरोध पनि भइआएको छ । उक्त परीक्षणका कारण दक्षिण कोरिया, जापान र अमेरिकालाई अरु देशको तुलनामा बढी मात्रामा तनाव गराएको बताइन्छ ।

सोही कारण पनि दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनामा जोड दिँदै आएको छ । कोरियाले उत्तर कोरियालाई यसअघि पनि बारम्बार शान्तिवार्तामा जोड दिँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष