नयाँ शक्ति पार्टी, “बाम धु्रविकरण पक्षधरले तोक्यो राष्ट्रिय भेला

naya-shakti-nepal-990x556
कार्तिक ९, काठमाण्डौं, गत असोज १७ गते बाम ध्रुविकरणमा जाने तिन दलिय सहमति गरेको मसि सुक्न नपाउँदै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्राईले एकल आवेगात्मक निर्णय गरेर नेपाली कांगे्रससँग चुनावी तालमेल गरेको आरोप लगाउँदै नयाँ शक्ति पार्टी बाम पक्षधरताहरुले नयाँ शक्ति पार्टी, नेपाल “बाम धु्रविकरण एकिकरण समन्वय संयोजन समिति”को नामबाट हिजो रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि देशैभरीका बाम धु्रविकरणका पक्षमा रहने नयाँ शक्तिका नेता तथा कार्यकर्ताहरुलाई गोलबद्ध गर्ने र बाम धु्रविकरणलाई सार्थकता दिने कुरा संयोजक ठाकुर प्रसाद चापागाँई र सहसंयोजक डा.भरत लामिछानेले पत्रकार सम्मेलनमा जाकारी गराएका थिए ।

सोहि समन्वय समितिको केन्द्रिय कार्यलयको बैठक संयोजक ठाकुर प्रसाद चापागाँईको अध्यक्षतामा आज बसी कार्तिक ११ गते राष्ट्रिय भेला तोकेको र २५ सदस्यीय सचिवालयको साथै ९९ जनाको केन्द्रिय समितिको गठन गरेको कुरा प्रबक्ता तारा निधी पन्त (रमेश)ले पिपुल नेपाललाई जानकारी दिए । उक्त वैठकवाट सातै प्रदेशको इन्चार्ज र आंगिक सगठनका प्रमुखहरुको जिम्मेवारी तोकेको छ, जसअनुसार प्रदेश नं १ को इन्चार्जमा क. शुलिल पोखरेल, प्रदेश नं २ को इन्चार्जमा क. तेज प्रसाद अधिकारी, प्रदेश नं ३ को इन्चार्जमा तारा नीधि पन्त, प्रदेश नं ४ को इन्चार्जमा क. मदन बहादुर के.सी, प्रदेश नं ५ को इन्चार्जमा क. सुरज सोनाम, प्रद्रेश नं ६ को इन्चार्जमा क. हरदेब बक्स चौधरी र प्रदेश नं ७ को इन्चार्जमा क. कृष्ण प्रसाद बडुलाई तोकेको छ ।

यसैगरि आँगिक संगठन प्रमुखहरुमाः बुद्धिजीवि र नेवाको प्रमुखमा क. सानु सुवाल, किसान संगठन प्रमुखकम क. टी.पी. उप्रेती, मजदुर र दलित प्रमुखमा क.लक्ष्मण बर्देवा, यूवा र विद्यार्थी विभाग प्रमुखमा क. राष्ट्र शम्शेर थापा, महिला र उधोग व्यवसाथी विभाग प्रमुखमा क. सिता श्रेष्ठ, आदीवासी जनजाति विभाग प्रमुखमा मान बहादुर लोप्चन, कार्यलय व्यवस्थापन सहयोगी क. इश्वर ढकाल, अन्तरान्ष्ट्रिय विभागहरुमाः भारतको प्रमुखमा क. दिपक वि.क., कोरीया प्रमुखमा मुकुन्द गौतम, हङकङ प्रमुमा प्रेम मोक्तान, अष्ट्रलिया प्रमुखमा क.दिनेश पन्त, जापान प्रमुखमा क. राम पुडासैनी लाई तोकेको कुरा प्रवक्त पन्तले जानकारी गराए ।
यसै सम्बन्धमा डां बाबुराम पक्षधर एकजना केन्द्रिय कार्यकारी सदस्यलाई तपाईहरु किन १७ गतेको बाम एकताको निर्णयबाट पछि हटेको भनि प्रश्न गर्दा नाम उल्लेख नगर्ने सर्तमा उहाले डा. बाबुरामले कांग्रेससंगको एलाइन्समा जानु गम्भिर गल्ति तथा आवेगात्मक निर्णय गरेका तर नैतिकताको आधारमा मंसिर १० गतेसम्म उहाँलाई साथ दिने र त्यसपछि आपूm लगाएत धेरै साथिहरु बाम धु्रविकरण र बाम एकतामै लाग्ने बताए र अहिले क. ठाकुर चापागाँइहरुले गरेको कदम ठीकै हो भनि आप्mनो नैतिक समर्थन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक