
काठमाडौँ, ९ कात्तिक । मंसीर १० गते हुने पहिलो चरणको लागि थोरै सिटमा राप्रपा(प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्तिलगायतका दलसँग सहकार्य गरी उम्मेदवार चयन गरेको नेपाली कांग्रेसलाई २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कठिन भइरहेको छ ।
यो निर्वाचनमा प्रमुख वामघटक एमाले र माओवादी केन्द्रलगायतका दलहरु सहकार्य गरी चुनावी मैदानमा होमिएपछि थप चुनौतीको सामना गरिरहेको कांग्रेसले तराई केन्द्रित दलहरुसँगको तालमेललाई निष्कर्षमा पुर्याउन सकेको छैन ।
विशेष गरी प्रदेश नम्बर २ मा राम्रो पकड भएको राजपा, संघीय समाजवादी फोरमसँग दोस्रो चरणको निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीति बनाएको कांग्रेसलाई उनीहरुले माग गरेबमोजिम सिट दिन सकस भइरहेको छ ।
एक कांग्रेस नेताले भने,
-मधेसी दलले प्रदेश नम्बर २ मा मात्र प्रतिनिधिसभाा लागि २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन् ।
-नेपाली कांग्रेस राजपा र फोरमलाई प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ३० सिटसम्म दिन तयार छ ।
दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने समय एक साता मात्र बाँकी छ । नेपाल समाचारपत्रमा खबर छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि