जाडो याममा सुत्केरी हुँदा डिप्रेसन हुने खतरा न्युन

सुत्केरी भएपछिको मानसिक तनाव (पोष्टपार्टम डिप्रेसन) हुन नदिन जाडो याममा बच्चा पाउन उचित हुने एक अध्ययनले देखाएको छ।

459323981sutkeri

सुत्केरी भएका १० प्रतिशत महिलामा मानसिक तनाव देखिएको अमेरिकि अनुसन्धानकर्ताहरुले बताएका छन्। हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरुमा विकास नहुँदा सुत्केरी महिलामा पोष्टपार्टम डिप्रेसन हुने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ। जाडो याममा पोष्टपार्टम डिप्रेसनको कारक मानिएको हर्मोन सक्रिय नहुने भएकाले मानसिक तनाव नहुने डाक्टर जोउले बताएका छन्।

उनको टोलीले २ वर्ष लगाएर २० हजार १ सय ६९ सुत्केरी महिलाहरुको अनुसन्धान गरेर यो तथ्य सार्वजनिक गरेको हो। सुत्केरी हुने क्रममा एनेस्थेसिया प्रक्रिया नपुर्‍याएका महिलाहरुमा मानसिक तनाव झन्  बढी हुने अध्ययनको निष्कर्ष छ। ‘एनेस्थेसिया गर्दा महिलाहरुले पीडा निकै कम अनुभव गर्छन, जसले स्वस्थ बच्चा जन्माउन समेत मद्धत गर्छ र उनीहरुमा मानसिक तनाव पनि देखिँदैन,’ अध्ययन प्रस्तुत गर्दै डाक्टर जोउले भने। युरोपियन मुलुका महिलाहरुमा मानसिक तनावको समस्या कम देखिएको अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि