उम्मेदवारी फिर्ता लिँदै राप्रपा उम्मेदवारद्वारा कांग्रेस प्रवेशको घोषणा

पूर्व सांसद तथा हाल राप्रपा राष्ट्रबादीका तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे(श्रेष्ठ)ले उम्मेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको घोषणा गरेकी छन् । 

rajya_laxmi_fHItycbKWa

श्रेष्ठले बुधबार एक बक्तव्य जारी गर्दै आजकै मितिबाट लागु हुनेगरी राप्रपा राष्ट्रबादीको साधारण सदस्य लगायत कुनैपनि तहमा नरहनेगरी आफ्नो नाम झिकिदिन भनेकी छन् । 

उनले बुधबारै निर्वाचन आयोगमा पनि उम्मेदवारी फिर्ता लिएको सुचना दर्ता गराएकी छन् ।

श्रेष्ठले आफुले गहन विष्लेषण र सुभेच्छुकहरुको सल्लाह एवं सुझाव अनुसार मुलुकको ऐतिहासिक र पुरानो लोकतान्त्रिक आन्दोलनको प्रतिक नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने निर्णय लिएको जनाएकी छन् । कांग्रेस प्रवेशसँगै उनले कांग्रेसबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेता अर्जुननरसिंह केसीलाई सहयोग गर्ने पनि प्रश्ट पारेकी छन् ।

 श्रेष्ठ गत ७० सालको संविधानसभा निर्वाचनमा राप्रपा नेपालका तर्फबाट समानुपातिक सभासद बनेपनि केही दिनअघिमात्र राप्रपा राष्ट्रबादीमा प्रवेश गरेकी  थिइन् । 

श्रेष्ठ नुवाकोटको विदुर नगरपालिकाकी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद