वासिङ्टन, ७ कात्तिक : आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन् ।
यसै महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका चारजना अमेरिकी सैनिकमध्येका एकजना थिए सार्जेन्ट ला डेभिड ।
सो क्रममा मारिएका ती अमेरिकी सैनिक डेभिडकी श्रीमतीले दिएको सो अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापकता रुपमा आएको छ । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गर्नुभएको बताइएको छ ।
त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो श्रीमानको नाम सम्झन नसकेको दुखेसो उनले पोखेकी छिन् । उनले अमेरिकी सञ्चारलाई पनि सो प्रतिक्रिया दिएकी छिन् ।
उनले भनेकि छिन्– मेरा श्रीमानले देशको लागि ज्यान गुमाउनु परेको छ र त्यो पीडा त मसँग छँदै नै छ । त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका सहिदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ ।
डेभिडकी श्रीमतीले एक अमेरिकी टेलिभिजनसँग कुरागर्दै सोमबार सो दुखेसो गरेकी थिइन् । उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झन रुवाएको बताएकी थिइन् ।
डेभिडकी गर्भवति पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको र यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठूलो चोट पुगेको बताएको समाचार आएको थियो ।
नाइजरमा इस्लामिष्ट उग्रवादीहरुको हमलामा चार जना अमेरिकी सेना मारिएका थिए । त्यसमा परी सार्जेन्ट ला डेभिड जनसनको पनि मृत्यु भएको थियो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष