ट्रम्पले उत्तर कोरियाको मामिलामा चीनमाथि विशेष दबाब बनाउन सक्ने

वासिङ्टन, ७ कात्तिक : आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छिन् ।

trumpयसै महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका चारजना अमेरिकी सैनिकमध्येका एकजना थिए सार्जेन्ट ला डेभिड ।

सो क्रममा मारिएका ती अमेरिकी सैनिक डेभिडकी श्रीमतीले दिएको सो अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापकता रुपमा आएको छ । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गर्नुभएको बताइएको छ ।

त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो श्रीमानको नाम सम्झन नसकेको दुखेसो उनले पोखेकी छिन् । उनले अमेरिकी सञ्चारलाई पनि सो प्रतिक्रिया दिएकी छिन् ।

उनले भनेकि छिन्– मेरा श्रीमानले देशको लागि ज्यान गुमाउनु परेको छ र त्यो पीडा त मसँग छँदै नै छ । त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका सहिदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ ।

डेभिडकी श्रीमतीले एक अमेरिकी टेलिभिजनसँग कुरागर्दै सोमबार सो दुखेसो गरेकी थिइन् । उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झन रुवाएको बताएकी थिइन् ।

डेभिडकी गर्भवति पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको र यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठूलो चोट पुगेको बताएको समाचार आएको थियो ।

नाइजरमा इस्लामिष्ट उग्रवादीहरुको हमलामा चार जना अमेरिकी सेना मारिएका थिए । त्यसमा परी सार्जेन्ट ला डेभिड जनसनको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त