बिग बस–११ मा कमनरको रुपमा प्रवेश पाएकी ढिंचेक पूजाको घरभित्र अहिलेसम्म कसैसँग पनि झगडा भएको छैन तर पनि अन्य प्रतिस्पर्धी उनका कारण तनावमा देखिएका छन् ।

वास्तवमा, पूजासँगै बेड सेयर गर्ने प्रतिस्पर्धी अर्शी खानले उनको टाउकोमा जुम्रा नै जुम्रा भएको सबैलाई बताएपछि अन्य प्रतिस्पर्धी तनावमा देखिएका छन् । पूजासँग अन्य प्रतिस्पर्धी टाढै बस्ने कुरा गर्न थालेपछि हितेन तेजवानी र शिल्पा सिन्देले ‘बिग बस’ सँग जुम्राका लागि औषधी मगाएपछि उक्त विषय शान्त भयो ।
चौथो हप्ताको नोमिनेशन बिग बस आफैंले प्रतिस्पर्धीको नाम बोलाएर गरे ।
बिग बसका अनुसार शिल्पा शिन्दे, विकास गुप्ता, बंदगी कालरा, पुनिष शर्मा, अर्शी खान, महजबी सिद्दिकीलाई एभिक्शनका लागि नोमिनेट गरियो ।
पछि नोमिनेट प्रतिस्पर्धीलाई घरका सुरक्षित सदस्यले आफूसँगै ल्याउने गोल्डन चान्स पाए ।
यस्तोमा अर्शीले बेनाफशा सूनावाललाई, महजबीले ज्योती कुमारी, पुनिषले सपना चौधरी र बंदगीले लव त्यागीलाई आफ्नो स्थानमा नोमिनेट गरे ।
घरकी क्याप्टेन हिना खान र नयाँ प्रतिस्पर्धी ढिंचेक पूजा नोमिनेसनबाट सेफ रहे ।
त्यस्तै, बिग बसले हिनालाई आकाश ददलानीलाई नोमिनेट गर्ने मौका दिए । जसको उनले पूरा फाइदा उठाए ।
बिग बसमा फिर्ता हुनसक्छन् प्रियंकः
बिग बसमा पहिलो हप्ता नै घरबाट बाहिरिएका प्रतिस्पर्धी प्रियंक शर्मा चाँडै नै कार्यक्रममा फिर्ता हुनसक्छन् ।
प्रियंक ढिंचेक पूजासँगै घरमा वाइल्ड कार्ड एन्ट्री गर्ने भनिए पनि अब प्रियंक एक्लै चाँडै कार्यक्रममा प्रवेश गर्ने सम्भावना रहेको छ ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको