कार्तिक ,७ काठमाण्डौं, नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बबुराम भट्टराई बाम गठबन्धनबाट बाहिरियर नेपाली काँग्रेससँग गठबन्धन गरे लगत्तै नयाँ शक्ति पार्टीमा फेरी अर्को विद्रोह हुने भएको छ । गत असोज १७ गते एकाएक त्रिदलीय बाम गठबन्धनमा गठजोड गर्दै इतिहासको आवश्यक्ताले गठबन्धन गराएको र कार्यकारी राष्ट्रप्रमुख अनि समृद्ध राष्ट्र निर्माणको लागि यो गठबन्धको औचित्यको साथै पार्टी एकिकरणसम्म पुग्ने लक्ष्यको व्याख्या गर्न भ्याएका बाबुरामको यो कांग्रेससँगको तालमेलबाट उनका आम समर्थक झस्किएका छन् । माओवादी जनयुद्धलाई अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभाको नारा मार्फत अबतरण गराउन सफल भएका बाबुरामले संविधान सभाबाट संविधानको घोषणा गरे लगत्तै माओवादी पार्टी विघटन गरेर नयाँ शक्तिको निर्माण गर्नुपर्ने कार्यनीतिलाई जोडतोडका साथ उठएका थिए तर प्रचण्ड पार्टी विघटन गरेर नयाँ पार्टी बनाउन तयार नभएपछि संसद र पार्टीबाट राजिनामा दिएर नयाँ शक्ति पार्टीको घोषणा गर्दै ५ “स” आर्थिक क्रान्ती र समृद्ध नेपाल बनाउने खाका सहित अभियान अगाडी बढाए । स्थानिय चुनाबको लगत्तै उनले विश्वास गरेका पात्रहरु रामचन्द्र झा, देवेन्द्र पौडेल लगाएतकाले धोका दिएको अवस्थामा बामएकताको पत्रमा सहि गर्दैगर्दा यो बाम एकताले तीनवटै पार्टीहरुलाई विघटन गर्दै नयाँ पार्टी बन्ने भन्ने भनाई तिनै जना नेताहरुको भाषणमा व्यक्त हुदैगर्दा सारमा बाबुरामकै एजेण्डामा राष्ट्रिय पार्टीहरु र तिनका नेतृत्वहरु घुमिरहेको अनुमान गर्न सकिन्थ्यो । अस्थिर राजनीतिका कारण जर्जर भएको नेपाली राजनीतिमा तीन बाम धु्रविकरणले राजनैनिक स्थिरता ल्याउने हुँदा आम उत्साह जागेको थियो तर यो उत्साहमा बाबुरामको बामघटकबाट बर्हिगमन भएपछि ह्रास छाएको कुरा नयाँ शक्तिका एक केन्द्रीय कार्यकारी सदस्यले बताए । बाम एकताको पक्षमा रहेका सिनियर नेताहरुदेखि लिएर कार्यकर्ताहरु अव बाबुरामलाई कांग्रेससँगको तालमेलमा साथ नदिने बरु १७ गतेको बाम गठबन्धनमा भएको सहमति अनुसार नै अगाडी बढ्ने तयारी गर्दै गरेको कुरा उनले बताए । सम्भबत, दुईचार दिनभित्रै यो समुहले बाबुरामले छोडेको बाम चुनावी तालमेल देखि लिएर पार्टी एकिकरणसम्मको कार्यनीतिमा अग्रसर हुने बताएको छ ।
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो