नयाँ शक्ति फेरी जोडीने भो बाम गठबन्धनमा 

th

कार्तिक ,७ काठमाण्डौं,  नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बबुराम भट्टराई बाम गठबन्धनबाट बाहिरियर नेपाली काँग्रेससँग गठबन्धन गरे लगत्तै नयाँ शक्ति पार्टीमा फेरी अर्को विद्रोह हुने भएको छ । गत असोज १७ गते एकाएक त्रिदलीय बाम गठबन्धनमा गठजोड गर्दै इतिहासको आवश्यक्ताले गठबन्धन गराएको र कार्यकारी राष्ट्रप्रमुख अनि समृद्ध राष्ट्र निर्माणको लागि यो गठबन्धको औचित्यको साथै पार्टी एकिकरणसम्म पुग्ने लक्ष्यको व्याख्या गर्न भ्याएका बाबुरामको यो कांग्रेससँगको तालमेलबाट उनका आम समर्थक झस्किएका छन् । माओवादी जनयुद्धलाई अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभाको नारा मार्फत अबतरण गराउन सफल भएका बाबुरामले संविधान सभाबाट संविधानको घोषणा गरे लगत्तै माओवादी पार्टी विघटन गरेर नयाँ शक्तिको निर्माण गर्नुपर्ने कार्यनीतिलाई जोडतोडका साथ उठएका थिए तर प्रचण्ड पार्टी विघटन गरेर नयाँ पार्टी बनाउन तयार नभएपछि संसद र पार्टीबाट राजिनामा दिएर नयाँ शक्ति पार्टीको घोषणा गर्दै ५ “स” आर्थिक क्रान्ती र समृद्ध नेपाल बनाउने खाका सहित अभियान अगाडी बढाए । स्थानिय चुनाबको लगत्तै उनले विश्वास गरेका पात्रहरु रामचन्द्र झा, देवेन्द्र पौडेल लगाएतकाले धोका दिएको अवस्थामा बामएकताको पत्रमा सहि गर्दैगर्दा यो बाम एकताले तीनवटै पार्टीहरुलाई विघटन गर्दै नयाँ पार्टी बन्ने भन्ने भनाई तिनै जना नेताहरुको भाषणमा व्यक्त हुदैगर्दा सारमा बाबुरामकै एजेण्डामा राष्ट्रिय पार्टीहरु र तिनका नेतृत्वहरु घुमिरहेको अनुमान गर्न सकिन्थ्यो । अस्थिर राजनीतिका कारण जर्जर भएको नेपाली राजनीतिमा तीन बाम धु्रविकरणले राजनैनिक स्थिरता ल्याउने हुँदा आम उत्साह जागेको थियो तर यो उत्साहमा बाबुरामको बामघटकबाट बर्हिगमन भएपछि ह्रास छाएको कुरा नयाँ शक्तिका एक केन्द्रीय कार्यकारी सदस्यले बताए । बाम एकताको पक्षमा रहेका सिनियर नेताहरुदेखि लिएर कार्यकर्ताहरु अव बाबुरामलाई कांग्रेससँगको तालमेलमा साथ नदिने बरु १७ गतेको बाम गठबन्धनमा भएको सहमति अनुसार नै अगाडी बढ्ने तयारी गर्दै गरेको कुरा उनले बताए । सम्भबत, दुईचार दिनभित्रै यो समुहले बाबुरामले छोडेको बाम चुनावी तालमेल देखि लिएर पार्टी एकिकरणसम्मको कार्यनीतिमा अग्रसर हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत