अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय अदालतले रोक्यो

१ कात्तिक, एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने पछिल्लो कानून लागू हुन केही अघि अदालतले रोक लगाएको छ ।

trump-1164278इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाड, उत्तर कोरिया र भेनेजुएलाका केही मानिसहरुमाथि गत महिना उक्त प्रतिबन्ध घोषणा गरिएको थियो । ह्वाइट हाउसले अदालतको उक्त आदेश खतरनाक तरिकाले कमजोर भएको भन्दै त्यसविरुद्ध कानुन मन्त्रालय पुनरावलोकनमा जाने बताएको छ ।

समयावधी नतोकिएको ट्रम्पको यसैहप्ताबाट लागू हुने भनिएको उक्त यात्रा प्रतिबन्धलाई संघीय अदालतका न्यायाधीश डेरिक वाट्सनले रोक लगाएका हुन् । यसअघि पनि ६ वटा मुसलमान बाहुल्यता रहेका देशहरुमाथि यात्रा प्रतिबन्ध लगाइएको थियो ।

बुधबारबाट लागू हुन लागेको ट्रम्पको यो तेस्रो यात्रा प्रतिबन्धलाई रोक लगाउन हवाई राज्यमा निवेदन दर्ता भएको थियो । उक्त निवेदनमा आप्रवासीसम्बन्धी संघीय कानुन अन्तर्गत राष्ट्रपतिले त्यस्तो प्रतिबन्ध लगाउन नपाउने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त