२९ असोज, एजेन्सी : भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण बर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको जानकारी दिएको छ ।

पीडितमध्ये २० जना होअ बिन्ह प्रान्तका, १५ जना मध्य थान्ह होअ प्रान्त र नौ जना मध्य ने अन प्रान्तका रहेका छन् । गत शुक्रबार बिहान पहिरोमा परी हराएकामध्येका ११ ओटा शव उद्धारकर्ताहरुले निकालेका थिए । हराएका ३७ जना होआ बिन्ह, थान्ह होआ, ने अन र दुई ओटा अरु प्रान्तका रहेका छन् । पहिरोले झण्डै ४० हजार घरमा क्षती पुगको छ भने हनोइका साना घरहरु ध्वस्त भएका छन् ।
यस बर्षको सुरुका नौ महिनामा प्राकृतिक प्रकोपमा परी भियतनाममा मारिएका वा हराएको संख्या १६९ पुगेको छ । त्यसैगरी २३२ जना घाइते भएका छन् भने २ लाख ३६ हजार ८०० घरमा क्षती पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष