सिरियामा पाँच बर्षमा मारिने ३ लाख ३० हजार भन्दाबढी

बेरुत, १६ असोज । सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ ।siriya-blast

यसरी मारिनेमा सर्वसाधाराण नागरिकको संख्या ९५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो ।

उक्त संस्थाले दिएको जानकारीअनुसार सिरियामा गएको पाँच बर्षभन्दा लामो समयदेखि जारी हिंसाकै क्रममा गत महिना सन् २०१७ मा मारिएकामा नै सबैभन्दा बढी हिंसा भएको अथवा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ ।

सिरियामा मारिने नागरिकमध्ये करिब ७० प्रतिशत सर्वसाधारण नै पर्ने गरेका छन् । सिरियाली सेनाको कारबाही, रुसी सेनाको हवाई कारबाही तथा इस्लामिक स्टेट्स समूहबाटमात्र ती नागरिक मारिने गरेका छन् ।

सिरियामा विभिन्न सेनाले सरकारी सेनाका विरुद्धमा पनि कारबाही गर्ने गर्दछ । सिरियामा संयुक्त राज्य अमेरिकाको नेतृत्वको सेना, रुसी सेना, सिरियाली प्रजातान्त्रिक बल, कुर्दिस अरब एलाइन्सलगायतका सेनाले यहाँ हवाई कारबाही गर्ने गरेका छन् ।

सन् २०११ को सेप्टेम्बर महिनादेखि सिरियामा राष्ट्रपति बसर अल असदका विरुद्धमा आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर हिंसामा परिणत भएको छ ।

हाल त्यहाँ गृहयुद्ध जारी छ । राष्ट्रपति असदका विरुद्धमा यहाँका विभिन्न प्रजातान्त्रिक बलले आन्दोलन तथा सैनिक कारबाही पनि थालेका छन् ।
अहिलेसम्म यहाँका ३ लाख ३० हजार नागरिकको ज्यान गएको बताइएको छ । यसरी मारिनेमा सेना, प्रहरी पनि छन् । तर मारिने नागरिकमा अधिकांश सर्वसाधारण नै बढी रहेका अधिकारवादीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि