३ असोज, एजेन्सी ।
उत्तर कोरियाले विश्व समुदायको प्रतिबन्ध र ब्यापक दबाबका सामू कुनै हालतमा नझुक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लगाएको नयाँ प्रतिबन्धबारे औपचारिक प्रतिक्रिया दिँदै उसले प्रतिबन्धले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारेको हो ।
उत्तर कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रतिबन्ध र दबाबले आफ्नो परमाणु कार्यक्रमलाई थप गति प्रदान गर्ने बताएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।
उत्तर कोरियासँगको तनाव बढिरहेका बेला यसअघि हिजो अमेरिकाले कोरियाली बम वर्षक विमान पठाएको थियो ।
उसले चारवटा स्टील्थ फाईटर जेट् विमान र २ वटा बम्बर्स उडाएको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । हिजो चारवटा एफ थ्रिफाईभ बी नामका जेटविमान र टु बी वान बी नामक अमेरिकी रणनीतिक बम्बर्सक विमान कोरियाली प्रायद्वीपमाथि उडेका योन्ह्यापले उल्लेख गरेको छ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद