अमेरिकाको जुनसुकै शहरमा हाइड्रोजन बम खसाल्न तयारी अवस्थामा उत्तर कोरिया

एजेन्सी, ३१ भदौ- जापानविरुद्ध लामो दूरीको मिसाइल परीक्षण गरेर चर्चामा रहेका उत्तर कोरियाले पुनः अमेरिकाको विरुद्ध आक्रोश पोखेको छ । उत्तर कोरियाका सांस्कृतिक सम्बन्धसम्बन्धी विशेष प्रतिनिधि एलेग्जेंड्रो काओ डि बेनोका अनुसार कुनै पनि हमलाको जवाफमा उत्तर कोरियाले अमेरिकामा हाइड्रोजन बम गिराउन तयार छ । यति मात्र होइन, उनले उत्तर कोरियाले आजको दिनमा अमेरिकाको जुनसुकै शहरलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन् ।

Kin-north-korea

लेग्जेंड्रो काओ डि बेनो किमका सबैभन्दा नजिकका मानिन्छन् । परमाणु परीक्षण पछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानतर्फ एक अर्को मिसाइल प्रहार गरेको छ । यो घटनासँगै यो क्षेत्रमा विद्यमान तनाव झनै बढेको छ ।

एलेग्जेंड्रो काओ डि बेनोले बीबीसीसँग कुरा गर्दै भने, ‘अमेरिकाका सबै वैज्ञानिकलाई हामीले मिसाइल प्रहार गरेको र त्यो कम उचाईको बावजुद पनि लामो दूरीसम्म जान सक्छ भन्ने थाहा पाए होलान् । हामी यसलाई चार हजार किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्छौं । यसको मतलब अब हामी अमेरिकाको जुनसुकै शहरमा प्रहार गर्न सक्छौं ।’

उनले अगाडि भने, ‘यसको साथै हामीले अन्य कयौं परमाणु परीक्षण पनि गरेका छौं । यसले हाम्रो परमाणु क्षमता देखाउँछ । संसारलाई अब हाम्रो प्राविधिक र वैज्ञानिक क्षमता थाहा भएको छ ।’

उत्तर कोरियाको सेनाले भनेको छ, ‘मिसाइलले ७७० किलोमिटरको उचाई लियो र होकाइडोको समुद्र नजिकै करिब ३ हजार ७०० को दूरी पार गरेको छ ।’ काउ डि बेनो भन्छन्, ‘डोनाल्ड ट्रम्पलाई थाहा छ कि खेल सकिइसकेको छ । तर संसारको अगाडि टिभीमा आफू बलियो भएको ढोंग देखाउने कि अमेरिकालाई फेरि पनि महान बनाउने प्रयास गर्ने हो, अर्कोतर्फ कुनै पनि गम्भीर स्थितिबाट बच्नको लागि र सुरुवाती सहमति बनाउनको लागि हाम्रो कुराकानी जारी छ ।’

उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर अमेरिकाले लगातार चेतावनी दिइरहेको छ । यद्यपि उत्तर कोरियामाथि यसको कुनै असर देखिएको छैन । यसबीच, संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाविरुद्ध कडा आर्थिक नाकाबन्दी नलगाएर वासिंगटनसँग सैन्य कारबाही बाहेकको विकल्प नरहने चेतावनी दिएका छन् ।

सुरक्षा परिषदको यसै साता बसेको आपतकालीन बैठकले उत्तर कोरियालाई यस्ता कारबाही तत्काल रोक्न आग्रह गरेको छ । रुसले हतियारबाट भन्दा कुटनीतिक वार्ताबाट समाधान निकाल्नुको विकल्प कसैसँग नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि