टिचिङबाटै मिर्गौलाको अवैध कारोबार

भदौ ३१ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरिरहेको छ ।

२० पुस ०७३ मा म्याग्दीको बेनी नगरपालिका–११ घर भएका नवीन खत्रीको मिर्गौला निकालेर बिक्री गरिएको हो । गोरखा घर भएका शम्भुलाल श्रेष्ठमा उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कागजी प्रक्रिया पूरा गर्न दलालहरूले खत्रीको नक्कली नागरिकता बनाएका थिए ।

पोखरामा घर निर्माणको काम गर्ने खत्रीलाई स्थानीय नारायण जिसीले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, ऋणमा गाडी र जागिर उपलब्ध गराउने आश्वासन दिएर काठमाडौं ल्याएका थिए । जिसीले उनलाई भक्तपुरका प्रकाश बस्नेतको जिम्मा लगाए । उनले मृगौला प्रत्यारोपण गरिएका शम्भुलालसँग चिनजान गराए । मृगौला झिकिनुअघिको चार महिना खत्री उनकै घरमा बसे । तर, सहमतिअनुसार तस्कर समूहले रकम नदिँदा एक वर्षपछि खत्रीले घटना बाहिर ल्याएका हुन् । सुरुमा आफुलाई मिगौला निकालिने जानकारी नै नभएको, अन्तिम समयमा थाहा पाउँदा मृगौला निकाल्न नदिए ज्यान मार्ने धम्की समेत तस्करहरुको समुहले दिएको उनको दाबी छ ।

अप्रेसन गरेपछि तस्कर श्रेष्ठले नवीनलाई एक लाख २५ हजार रुपैयाँ दिएका थिए । सहमतिअनुसार पैसा नदिए मिडियामा जाने चेतावनी दिएपछि खत्रीले पुनः पाँच लाख पाएका थिए । उनी ‘पोखरामा घर बनाउने काम गर्दै आएको थिएँ ।

खाजा खाने क्रममा पोखराका नारायण जिसीसँग चिनजान भयो । नजिकिँदै जाँदा उनले एउटा स्याउ (मिर्गौला) दिए १० लाख नगद, गाडी र जागिर उपलब्ध गराउने भन्दै काठमाडौं लिएर आए,’ खत्रीले भने ।   नयाँ पत्रिका

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित