उत्तर कोरियाको अमेरिका र जापानलाई खतरनाक चेतावनी

एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई खरानी बनाइदिने र जापानलाई डुबाइदिने चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले नाकाबन्दी थप कडाइ गरेपछि उत्तर कोरियाले कडा चेतावनी दिएको हो ।

उत्तर कोरियाली स्टेट एजेन्सीले भनेको छ, ‘आणविक हतियार प्रयोग गरेर जापानलाई डुबाइदिन्छौं, अमेरिकालाई जलाएर खरानी पारिदिन्छौं र अन्धकार बनाइदिनेछौं ।’ अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध लगाउन राष्ट्रसंघ सुरक्षा परिषद् बैठकमा प्रस्ताव पेश गरेका थिए ।

यसै महिनाको सुरुवातमा जापानी आकाशमा मिसाइल प्रहार गरेपछि जापान पनि उत्तर कोरियाविरुद्ध कडा रुपमा प्रस्तुत भएको छ ।
आर्चिपेलागोका चार वटा टापुहरु बम हानेर उडाउने भन्दै उत्तर कोरियाले अब जापान हाम्रो नजिक रहनु आवश्यक छैन

उत्तर कोरियाको विदेशी विभाग हेर्ने एसिया प्रशान्त शान्ति समितिले राष्ट्रसंघको सुरक्षा परिषदसँगको सम्बन्ध पनि तोड्ने बताएको छ । पैसाको बलमा र अमेरिकी आदेशमा चल्ने संगठनमा बसिरहनुको औचित्य छैन, समितिको भनाई उद्यृत गर्दै उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि