एमालेका २४० निर्वाचन क्षेत्रीय कमिटी भंग, यसरी बन्नेछन् नयाँ कमिटी

UML-press-meet-768x342

२६ भदौ, काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र पुनर्निर्धारण भइसकेको अवस्थामा यसअघि कायम २४० निर्वाचन क्षेत्रीय कमिटीहरु भंग गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा अब १६५ सदस्यीय भएकाले पुरानो संरचना भंग गरेको हो

अब प्रतिनिधिसभाका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेका ३५ ओटा हिमाली र पहाडी जिल्लामा क्षेत्रीय कमिटी नरहने संगठन बिभाग प्रमुख समेत रहेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए । तर ती जिल्लामा प्रादेशिक क्षेत्रीय कमिटी भने गठन हुनेछन् ।निर्वाचन क्षेत्रीय कमिटीका संयोजक सम्बन्धित जिल्ला कमिटीले जिल्ला कमिटी सदस्यमध्येबाट चयन गर्ने गुरुङले बताए । क्षेत्रीय कमिटीमा यसअघि साबिकका निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरु स्वतः सदस्य बन्नेछन् ।

प्रादेशिक निर्वाचन क्षेत्रीय कमिटीको सचिव जिल्ला कमिटी सदस्यबाट चयन हुने र सो क्षेत्र अन्तर्गतका गाउँपालिका तथा नगरपालिका कमिटीका पदाधिकारीहरु पदेन सदस्य रहने सचिव गुरुङले जानकारी दिए ।क्षेत्रीय कमिटीहरु कार्यकारी नहुने र समन्वयकारी भूमिकामा रहने भएकाले ती कमिटीको निर्वाचन हुने छैन । एमालेले वडा कमिटी, गाउँ तथा नगर कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई कार्यकारी कमिटी मानेको छ ।ती कमिटीहरुको भने नियमित अधिवेशन र निर्वाचन हुनेछ । दशौं महाधिवेशनसम्म जिल्ला कमिटीहरु कार्यकारी हैसियतमै रहने संगठन बिभाग प्रमुख गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू