एमालेका २४० निर्वाचन क्षेत्रीय कमिटी भंग, यसरी बन्नेछन् नयाँ कमिटी

UML-press-meet-768x342

२६ भदौ, काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र पुनर्निर्धारण भइसकेको अवस्थामा यसअघि कायम २४० निर्वाचन क्षेत्रीय कमिटीहरु भंग गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा अब १६५ सदस्यीय भएकाले पुरानो संरचना भंग गरेको हो

अब प्रतिनिधिसभाका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेका ३५ ओटा हिमाली र पहाडी जिल्लामा क्षेत्रीय कमिटी नरहने संगठन बिभाग प्रमुख समेत रहेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए । तर ती जिल्लामा प्रादेशिक क्षेत्रीय कमिटी भने गठन हुनेछन् ।निर्वाचन क्षेत्रीय कमिटीका संयोजक सम्बन्धित जिल्ला कमिटीले जिल्ला कमिटी सदस्यमध्येबाट चयन गर्ने गुरुङले बताए । क्षेत्रीय कमिटीमा यसअघि साबिकका निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरु स्वतः सदस्य बन्नेछन् ।

प्रादेशिक निर्वाचन क्षेत्रीय कमिटीको सचिव जिल्ला कमिटी सदस्यबाट चयन हुने र सो क्षेत्र अन्तर्गतका गाउँपालिका तथा नगरपालिका कमिटीका पदाधिकारीहरु पदेन सदस्य रहने सचिव गुरुङले जानकारी दिए ।क्षेत्रीय कमिटीहरु कार्यकारी नहुने र समन्वयकारी भूमिकामा रहने भएकाले ती कमिटीको निर्वाचन हुने छैन । एमालेले वडा कमिटी, गाउँ तथा नगर कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई कार्यकारी कमिटी मानेको छ ।ती कमिटीहरुको भने नियमित अधिवेशन र निर्वाचन हुनेछ । दशौं महाधिवेशनसम्म जिल्ला कमिटीहरु कार्यकारी हैसियतमै रहने संगठन बिभाग प्रमुख गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट