September 11, 2017

भदौ २९ देखी देशदौडाहमा ‘छक्का पन्जा २’, आउनेछन् यी शहरहरुमा

चलचित्र ‘छक्का पन्जा २’को टीम भदौ २९ गतेदेखी देशदौडाहमा लाग्ने भएको छ । चलचित्रको प्रदर्शन मिती नजिकिएसँगै चलचित्रको युनिट देश दौडाहमा लाग्ने भएको हो । चलचित्रको प्रोमोशनको लागि चलचित्र कलाकारहरुको जम्बो टोली देशका मुख्य मुख्य शहरहरुमा जान लागेको हो । चलचित्रको टोलीको साथमा गायक हेमन्त शर्मा पनि चलचित्रको प्रचासप्रसारमा लाग्ने भएका छन् । प्रचारप्रसार टोलीमा दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल र हेमन्त शर्मा रहेका छन् ।

चलचित्रले आफ्नो प्रचारात्मक कार्यक्रमको सुरुवाता झापाको दमकबाट भदौ २९ गते थाल्ने भएको छ । भदौ ३० गते ईटहरी, भदौ ३१ गते हेटौँडा र असोज १ गते नारायणगढमा चलचित्रले आफ्नो प्रचारात्मक कार्यक्रम प्रस्तुत गर्नेछ । यस्तै असोज २ गते बुटवलमा र असोज ३ गते चलत्रिको प्रचारप्रसार टोली पोखरा पुग्ने छ । चलचित्रको टीमले ४ गतेभन्दा पछाडी राजधानी काठमाण्डौँका बिभिन्न ठाउँहरुमा पनि प्रचारात्मक कार्यक्रम गर्नेछ । निर्माता दीपकराज गिरीका अनुसार प्रचारप्रसारको कार्यक्रममा प्रचारप्रसार मात्र नगरी हाँस्यब्यङ्ग प्रस्तुतीहरु पनि रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा