१७ भदौ, काठमाडौं । बाढीका कारण केही दिनअघिसम्म सुस्त देखिएका प्रदेश नं. २ का जिल्लामा अहिले चुनावी सरगर्मी बढेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि सहभागी भएपछि चुनावी रौनक बढेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । ‘प्रमुख दलहरुले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणको निर्वाचनको तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रुपमा लिएका छन् । उनीहरुबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी चलेको छ,’ आजका पत्रिकाहरुले प्रदेश २ को चुनावी चहलपहलको विश्लेषण गर्दै लेखेका छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अब हुने निर्वाचनहरुमा आचारसंहिता पालनामा शून्य सहनशीलताको नीति अपनाइने भनेर व्यक्त गरेको भनाइलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै स्थान दिएर छापेका छन् ।
आयल निगम जग्गा घोटाला प्रकरणदेखि बाढीपीडितका दुःख आजका पत्रपत्रिकामा पोखिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै समयमा निर्वाचन हुन्छ भनेर व्यक्त गरेको भनाइलाई आज गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । आचारसंहिताको पालनामा कडाइ गर्ने निर्वाचन आयोगको अभिव्यक्तिलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा समेटेको छ । प्रदेश नं. २ मा निर्वाचन चहलपहल बढ्योलाई गोरखापत्रले एंकर बनाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले नक्कली अलैंचीले मूल्य घटेको लेखेको छ । अन्नपूर्णमै स्वास्थ्यको भवन निर्माणमा लापरवाही भएको र डेढ सय योजना वर्षौंदेखि अलपत्र रहेको समाचार छ । बाढीपीडितको पीडालाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।
पाकिस्तानी जेलबाट एक नेपालीले नेपाल फर्कन गरेको पुकारलाई नागरिक दैनिकले मुख्य खबर बनाएर पस्केको छ । बाढीपीडितका दुःखलाई पनि आज नागरिक दैनिकले समेटेको छ ।
नयाँ पत्रिका दैनिक र कान्तिपुर दैनिकले २ नम्बर प्रदेश निर्वाचनमय बनेको लेखेका छन् । कान्तिपुरले कक्षा १२ को नतिजा कमजोर आउनुको कारण केलाएको छ ।




पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद