दुई नम्बर प्रदेशमा एक नम्बर बन्ने होडबाजी : यस्तो छ दलहरुको चुनावी तयारी

प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको खबर आजको कान्तिपुरमा छ । 

11

प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूले बताएका छन् । 

कांग्रेसमा गुटकै किचलो
दुई चरणको चुनाव सम्पन्न हुँदा संसद्को पहिलो दल कांग्रेस स्थानीय तहमा दोस्रो स्थानमा झर्‍यो । दोस्रो स्थानमा आइपुग्नुका कारणबारे केन्द्रीय कार्यसमितिको बैठकमा समीक्षा गर्दै भनियो, ‘भदौ दोस्रो साता भइसक्दा पनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । यसको कारण पनि पुरानै हो ।’ एक केन्द्रीय सदस्यले भने, ‘प्रदेश २ मा पार्टीका गुटहरूबीच को बढी हावी हुने भन्ने विवाद छ ।’ 

एमालेलाई आकांक्षीको भारी
प्रदेश २ को उम्मेदवारी टुंग्याउन एमालेलाई पनि सकस परिरहेको छ । अधिकांश स्थानको उम्मेदवारी टुंगिए पनि केही जिल्लामा विवाद छ । विवाद मिलाएर उम्मेदवारी टुंगो लगाउन शनिबार स्थायी समिति बैठक बस्दैछ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश २ का प्रमुख सत्यनारायण मण्डलले भने, ‘धेरै स्थानको टुंगिए पनि केही ठाउँको बाँकी छ ।’

राजपाभित्र पनि मारामार
राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पनि उम्मेदवार छान्ने विषयमा मारमार छ । पार्टीले प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति बनाएको छ । समितिलाई शुक्रबारसम्म सके सर्वसम्मत, नसके अधिकतम तीन जनाको नाम केन्द्रमा पठाउन निर्देशन दिइएको थियो । तर, शुक्रबार कुनै पनि समितिले नाम पठाउन सकेनन् । आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न कठिनाइ परेको तर्क गर्छन्, राजपा महासचिव केशव झा ।

तालमेल सम्भावना कम
अघिल्ला दुई चरणमा जस्तो तालमेलको सम्भावना यस पटक न्यून देखिएको छ । प्रमुख सबै पार्टीभित्र आकांक्षीको व्यवस्थापन गर्न कठिनाइ परेका कारण तालमेलका सम्भावना कम भएको हो । तैपनि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच केही ठाउँमा तालमेलको सम्भावना छ । आफ्नो पोजिसन कमजोर भएको ठाउँमा स्थानीय स्तरबाटै तालमेलको प्रयास भइरहेको राजपा महासचिव झा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि