प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् । उनीहरूबीच जसरी पनि आफ्नो दललाई पहिलो स्थान दिलाउने होडबाजी तीव्र भएको खबर आजको कान्तिपुरमा छ ।

प्रतिस्पर्धी दललाई जित्न कुन व्यक्ति बढी सक्षम भन्दै लेखाजोखा गरेर उम्मेदवार टुंग्याउन भने सबै पार्टीमा सकस देखिएको छ । आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न गाह्रो भएको नेताहरूले बताएका छन् ।
कांग्रेसमा गुटकै किचलो
दुई चरणको चुनाव सम्पन्न हुँदा संसद्को पहिलो दल कांग्रेस स्थानीय तहमा दोस्रो स्थानमा झर्यो । दोस्रो स्थानमा आइपुग्नुका कारणबारे केन्द्रीय कार्यसमितिको बैठकमा समीक्षा गर्दै भनियो, ‘भदौ दोस्रो साता भइसक्दा पनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । यसको कारण पनि पुरानै हो ।’ एक केन्द्रीय सदस्यले भने, ‘प्रदेश २ मा पार्टीका गुटहरूबीच को बढी हावी हुने भन्ने विवाद छ ।’
एमालेलाई आकांक्षीको भारी
प्रदेश २ को उम्मेदवारी टुंग्याउन एमालेलाई पनि सकस परिरहेको छ । अधिकांश स्थानको उम्मेदवारी टुंगिए पनि केही जिल्लामा विवाद छ । विवाद मिलाएर उम्मेदवारी टुंगो लगाउन शनिबार स्थायी समिति बैठक बस्दैछ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश २ का प्रमुख सत्यनारायण मण्डलले भने, ‘धेरै स्थानको टुंगिए पनि केही ठाउँको बाँकी छ ।’
राजपाभित्र पनि मारामार
राष्ट्रिय जनता पार्टी (राजपा) भित्र पनि उम्मेदवार छान्ने विषयमा मारमार छ । पार्टीले प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवार चयन गर्न उच्चस्तरीय समिति बनाएको छ । समितिलाई शुक्रबारसम्म सके सर्वसम्मत, नसके अधिकतम तीन जनाको नाम केन्द्रमा पठाउन निर्देशन दिइएको थियो । तर, शुक्रबार कुनै पनि समितिले नाम पठाउन सकेनन् । आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न कठिनाइ परेको तर्क गर्छन्, राजपा महासचिव केशव झा ।
तालमेल सम्भावना कम
अघिल्ला दुई चरणमा जस्तो तालमेलको सम्भावना यस पटक न्यून देखिएको छ । प्रमुख सबै पार्टीभित्र आकांक्षीको व्यवस्थापन गर्न कठिनाइ परेका कारण तालमेलका सम्भावना कम भएको हो । तैपनि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच केही ठाउँमा तालमेलको सम्भावना छ । आफ्नो पोजिसन कमजोर भएको ठाउँमा स्थानीय स्तरबाटै तालमेलको प्रयास भइरहेको राजपा महासचिव झा बताउँछन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद