बेलायतबाट फर्केको दुई महिनापछि किन जाँदैछन् प्रधानसेनापति क्यानडा ?

प्रधानसेनापति राजेन्द्र क्षत्री दसदिने विदेश यात्रामा निस्कने भएका छन् । उनी क्यानडा र युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदैछन् । तीन साता लामो अमेरिका र बेलायत भ्रमणबाट फर्केको दुई महिनापछि उनी फेरि विदेश यात्रामा निस्कन लागेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

9अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड र क्यानडियन फोर्सको संयुक्त तत्त्वावधानमा क्यानडाको भिक्टोरियामा सोमबारदेखि हुने तीनदिने एसिया प्रशान्त क्षेत्रीय देशहरूका सैनिक प्रमुखहरूको वार्षिक सम्मेलनमा भाग लिन उनी शनिबार त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालको धारणा प्रस्तुत
क्यानडाको भिक्टोरियामा सम्मेलनमा इन्डो–एसिया प्यासिफिकको अवस्था, उग्रवाद/चरमपन्थीको नियन्त्रण तथा रोकथामको तयारी र शान्ति सहकार्यजस्ता विषयका फरकफरक सत्रमा प्रधानसेनापति क्षत्रीले नेपालको धारणा प्रस्तुत गर्नेछन् ।

यूएई पनि जाने
त्यहाँबाट उनी यूएई प्रस्थान गर्नेछन् । समकक्षी हमाद मोहम्मद थानी अल रुमैथीको निमन्त्रणा यूएई पुगेर उनले सैनिक प्रमुखहरूको वार्षिक सुरक्षा सम्मेलनमा सहभागिता जनाउने छन् । प्रधानसेनापति क्षत्री भदौ २८ मा स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि