बेलायतबाट फर्केको दुई महिनापछि किन जाँदैछन् प्रधानसेनापति क्यानडा ?

प्रधानसेनापति राजेन्द्र क्षत्री दसदिने विदेश यात्रामा निस्कने भएका छन् । उनी क्यानडा र युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदैछन् । तीन साता लामो अमेरिका र बेलायत भ्रमणबाट फर्केको दुई महिनापछि उनी फेरि विदेश यात्रामा निस्कन लागेका हुन् । आजको कान्तिपुरमा खबर छ ।

9अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्ड र क्यानडियन फोर्सको संयुक्त तत्त्वावधानमा क्यानडाको भिक्टोरियामा सोमबारदेखि हुने तीनदिने एसिया प्रशान्त क्षेत्रीय देशहरूका सैनिक प्रमुखहरूको वार्षिक सम्मेलनमा भाग लिन उनी शनिबार त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपालको धारणा प्रस्तुत
क्यानडाको भिक्टोरियामा सम्मेलनमा इन्डो–एसिया प्यासिफिकको अवस्था, उग्रवाद/चरमपन्थीको नियन्त्रण तथा रोकथामको तयारी र शान्ति सहकार्यजस्ता विषयका फरकफरक सत्रमा प्रधानसेनापति क्षत्रीले नेपालको धारणा प्रस्तुत गर्नेछन् ।

यूएई पनि जाने
त्यहाँबाट उनी यूएई प्रस्थान गर्नेछन् । समकक्षी हमाद मोहम्मद थानी अल रुमैथीको निमन्त्रणा यूएई पुगेर उनले सैनिक प्रमुखहरूको वार्षिक सुरक्षा सम्मेलनमा सहभागिता जनाउने छन् । प्रधानसेनापति क्षत्री भदौ २८ मा स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद