१५ भदौ, एजेन्सी – म्यानमारवाट एक हप्तामा १८ हजारभन्दा बढि रोहिंज्या मुसलमानहरु भागेर बंगलादेश प्रवेश गरेका छन् ।

म्यानमारको रखाइन प्रान्तबाट बंगलादेशमा पुगेका एकदर्जन शरणार्थीहरुको शरीरमा गोलीको ताजा घाउ समेत रहेको अन्तराष्ट्रिय आप्रवसन संगठनले जानकारी दिएको छ ।
दुई देशबीचको सीमा क्षेत्रमा अझै पनि हजारौं मानिसहरु अलपत्र रहेका हुनसक्ने बताइएको छ । म्यानमारको रखाइन प्रान्तमा भएको पछिल्लो हिंसात्मक घटनामा कम्तीमा एक सयजना मानिसको मृत्यु भएको बताइएको छ । तिमध्ये अधिकांश विद्रोहीहरु रहेका छन् ।
रोहिंज्या विद्रोहीहरुले ३० वटा प्रहरी चौकीहरुमा आक्रमण गरेपछि पछिल्लो सकंट देखा परेको हो । रोहिंज्याको हमलापछि भएको सैनिक कार्वाहीका क्रममा रोहिंज्याहरुको जथाभावी ज्यान लिने गरिएको, बलात्कार र यातनाका घटनाहरु चर्केको व्यापक आरोपहरु लगाइएको छ ।
परिणाम स्वरुप ठूलो संख्यामा रोहिंज्याहरु भागेर बंगलादेश पसेका हुन । रखाइन म्यानमारको सबैभन्दा गरिब क्षेत्र हो । जहाँ १० लाखभन्दा बढी रोहिंज्याहरु बसोबास गर्ने गर्छन् ।
बौद्धमार्गीहरुको बाहुल्य रहेको म्यानमारमा कडा बन्देजहरुको सामना गरिरहेका छन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष