August 30, 2017

अव एमालेकाे ताराे राजपा, चुप लागेर बस्दैनौँ :ओली

भदौ १४, 

 

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्तालाई राजनीतिक चरित्र देखाउन चेतावनी दिएका छन् ।

थाइल्याण्डमा नियमित स्वास्थ्य परिक्षणपछि स्वदेश फर्कने क्रममा बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान स्वीकार गरेको एउटा राजनीतिक दलले शान्तिपूर्ण रुपमा गरेको अर्को दलको कार्यक्रममा ढुङगामुढा गरेर गैरसंवैधानिक हर्कत देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले एमालेका नेताले एउटा टोपी लगाउँदा स्पष्टिकरण सोध्ने निर्वाचन आयोगले एमालेको कार्यक्रममा ढुङगामुढा भएको विषय नदेखेको बताए । उनले प्रश्न गरे, ‘ढुङगामुढा भएको घटनाप्रति निर्वाचन आयोग र सरकार दुवै बेखबर छन् तर एउटा टोपी लगाएको विषमया चाहि स्पष्टिकरण सोधिन्छ, यो कस्तो सरकार ? कस्तो निर्वाचन आयोग हो ? ’

एमाले नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपाल सहभागि कार्यक्रममा मंगलबार धनुषामा राजपाका कार्यकर्ताले ढुङ्गा हानेका थिए ।  अध्यक्ष ओलीले राजपाका नेता कार्यकर्ताले मंगलबार जनकपुरमा गरेको त्यो व्यवहार फेरि दोहोरिए एमाले चुप लागेर नवस्ने चेतावनी दिए । उनले भने ‘यस्तै भए एमाले पनि चुप लागेर बस्दैन, त्यही किसिमको व्यवहार गर्न नपरोस् ।’  ओलीले सरकारले प्रदेश र केन्द्रीय संसदको चुनाव मंसिर १० र २१ गते दुइ चरणमा तोकेर गल्ति गरेको पनि बताए ।

सरकारले २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने निर्णय गरेर झनै आफ्नो विश्वास गुमाउने काम गरेको प्रतिक्रिया दिए । उनले प्रमुख दलहरुसँग परामर्श समेत नगरी सरकारलाई निर्वाचनको मिति तोक्ने अधिकार नरहेको तर्क पनि गरे । अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरु एकपछि अर्को अविश्वसनीय क्रियाकलाप गर्न लागि परेको आरोप पनि लगाए ।अध्यक्ष ओलीले लामो समयको ग्याप राखेर दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयले निर्वाचनको निष्पक्षतामाथिनै शंका उब्जाएको टिप्पणी पनि गरे । उनले विश्वासको वातावरण निर्माण गरी निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

बुधबार विहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो ।ओली गत भर्दौ नौ गते नियमित स्वास्थ्य परिक्षण गर्न बैंकक गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ