बलिउडका चर्चित अभिनेताको आम्दानी

मुम्बई– विश्व प्रसिद्ध म्यागेजिन फोर्सले सबैभन्दा बढी कमाई गर्ने अभिनेताको सूचि सार्वजनिक गरेको छ । बलिउडको लागि खुसीको कुरो यो छ कि उक्त सूचिमा बलिउडका तीन अभिनेता उत्कृष्ट १० भित्र परेका छन् । जसको ८ औं स्थानमा शाहरुख खान, ९ औं स्थानमा सलमान खान र १० औं स्थानमा अक्षयकुमार परेका छन् । अघिल्लो बर्ष फोर्सको सुचिका सबैभन्दा बढी कमाउ अभिनेताको सूचिमा बलिउडका तीन खान अर्थात शाहरुख, सलमान र अमिर परेका थिए । बलिउडका अन्य केही कलाकार कमाइको मामिलामा अहिले पनि अगाडि रहने गरेका छन् । बलिउड कलाकारको कमाई आज हामीले चर्चाको बिषय बनाएका छौ । 

1-top_5P38X2aWzZ

सलमान खान : २०१६ मा सलमानले बलिउड अभिनेता मध्य सबैभन्दा धेरै कमाइ गरेका छन् । उनले यो वर्ष एक चलचित्रका लागि ६० करोड समेत शुल्क लिएका थिए ।
 

अमिर खान : अमिर खान २०१६ मा दोस्रा स्थामा रहेका थिए । उनले एक चलचित्रका लागि ५० करोड शुल्कसम्म लिएका थिए ।
 

शाहरुख खान : शाहरुले पनि बढि पैसा लिने अभिनेताको सूचिमा सधै पर्ने गरेका छन् । उनले एक चलचित्रका लागि ३० देखि ४० करोडसम्म लिने गरेका छन् ।
 

अक्षय कुमार : एक्सन हिरो अक्षयकुमार वर्षमा धेरै ट्याक्स भर्ने अभिनेतामा पनि पर्ने गरेका छन् । उनले एक चलचित्रका लागि ४० देखि ४५ करोड सम्म लिने गरेका छन् ।
 

रिलिक रोशन : कम चलचित्रमा काम गर्ने अभिनेता रितिक रोशन हुन् । उनले चलचित्र मोहनजोदारोका लागि ५० करोर्ड फिस लिएका थिए । उनी हर चलचित्रमा ४० करोर्ड भन्दा बढि फिस लिने गरेका गर्दछन् ।
 

अजय देवगन : बलिउडमा अजय देवगनको फिस लिने तरिका अन्य अभिनेता भन्दा फरक छ । उनी हरेक चलचित्रका लागि २२ देखि २५ करोडसम्म लिने गर्दछन् ।  
 

रणबिर कपुर : बलिउडका क्युट हिरो रणबीर कपुरले २०१६ मा एक चलचित्रको २५ करोर्ड शुल्क लिएको रेकड छ ।
 

रणबिर सिंह : रणबिर सिंह बाजीराव मस्तानीका कारणले चर्चित छन् । यो चलचित्रले उनको डिमान्ट पनि निकै बढाएको छ । २०१६मा उनले एक चलचित्रको २० करोड लिएको रेकर्ड छ ।
 

शाहिद कपुर : शाहिदले २०१६ मा धेरै कमाइ गरेका छन् । उनले एक चलचित्रका लागि १५ देखि १८ करोडसम्म लिएको रेकर्ड छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं