१४ भदौ, एजेन्सी – अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा अवस्थित अमेरिकी राजदूतावासनजिकै गरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।

अफगानिस्तानको जार इलाका पनि रहेको यस स्थानमा भएको आत्मघाती आक्रमणमा अन्य कैयौँ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन ।
कडा सुरक्षाको व्यवस्था रहेको यस स्थानमा आत्मघाती आक्रमणकारीले बोकेको बम विस्फोट गराएका थिए । स्थानीय समयाअनुसार मङ्गलबार विहान १० बजे भएको यस आक्रमण तालिबान वा आइएसले गरेको भन्ने बारेमा केही बताइएको छैन ।
सुरक्षाका हिसाबले अति संवेदनशिल रहेको सो क्षेत्रमा भएको हमलापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।
सो क्षेत्र बजार इलाकामा रहेको छ । उक्त क्षेत्रमा इदको पूर्वसन्ध्यामा किनमेलका लागि नागरिक उपस्थित भएका बेला यस्तो हमला भएको बताइएको छ । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष